काठमाडौं - बालबालिकालाई जुकाको औषधी हरेक ६ महिनाको अन्तरालमा खुवाउनुपर्छ । जुकाको औषधि खुवाउँदा १ देखि २ बर्षसम्मका बालबालिकालाई ५ एमएल, २ बर्ष माथीका बालबालिकालाई १० एमएल खुवाउनुपर्छ । बालबालिकाको दिसामा जुका देखिएमा १ बर्ष भन्दा मुनिको बालबालिकालाई लागी पनी ५ एमएल खुवाउन मिल्छ।
त्यस्तै, बालबालिकाको शरीर तात्दैमा ज्वरो आएको भन्ने हुदैँन । काखीमा ज्वरो नाप्दा ९९.३ फरेनहाइट भन्दा माथी मात्र ज्वरो भएमा मात्र ज्वरो आएको मानिन्छ ।
बालबालिकालाई पखाला लाग्दा बच्चालाई जिंक चक्की (६ महिना मुनिका बालबालिकालाई १० एमजी, ६ महिना माथीका बालबालिकालाई २० एमजी दैनिक १४ दिन) र जीवनजल हरेक पल्ट दिसा गर्दा २ बर्ष मुनिका बालबालिकालाई ५०/१०० एमजी, २ बर्ष माथीका बालबालिकालाई १००/२०० एमजी खुवाउनुपर्छ ।
खाना नखाने बालबालिकालाई सबैभन्दा पहिले हेमोग्लोबिन चेक गराउनुपर्छ । साथै जुकाको औषधी खुवाउनुपर्छ।
१ बर्षमा बच्चाको न्यूनतम वजन बाबु ८ किलो, नानी ७ किलो हुनुपर्छ अर्थात शिशु जन्मका अवस्थाको तौल भन्दा ३ गुणा बढि हुनुपर्छ।
बच्चाको खानामा नुन १ बर्ष पछी र चिनी २ बर्ष पछी मात्र मिसाएर खुवाउनु राम्रो हुनछ । यदि मिसाउनै परे नून हो कि होइन जस्तो मात्र, चिनीको सट्टा गुढ़ न्युनतम मात्रामा मिसाउन सकिन्छ।