-प्रा डा.जया प्रधान
काठमाडौं - गर्भावस्था हरेक महिलाको लागी बिशेष अवस्था मानिन्छ । यो अवस्थामा महिलालाई धेरै स्याहार चाहिन्छ । सानो लापरबाहि आमा र शिशु दुबैका लागि खतरा साबित हुनसक्छ । गर्भावस्थामा सुरक्षित बानी व्यवहार अपनाउनुका साथै सन्तुलित खाना खानुपर्छ ।
गर्भमा रहेको शिशुको वृद्धि विकास सुचारु गराउन, गर्भवती महिलाको स्वास्थ्य ठिक राख्न र सहज रुपमा प्रसुती गराउन दैनिक परिमाणात्मक र गुणात्मक रुपले सन्तुलित भोजन सेवन गनुपर्छ । गर्भवती महिलाले सन्तुलित र पोषिलो भोजन नियमित सेवन गरेमा आमा र शिशु दुबैको स्वास्थ्यका लागी उपयुक्त हुन्छ ।
गर्भवती अवस्थामा कस्तो खानेकुराको आवश्यक पर्छ
गर्भमा रहेको भु्रणको विकासको लागी साधारण अवस्थामा भन्दा बढि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । सामान्य अवस्थामा भन्दा यस अवस्थामा २७ ग्राम बढि प्रोटिन आवश्यक हुन्छ । त्यसैले माछा, मासु, अण्डा र दुध खानुपर्छ । खनिज पदार्थ जस्तै क्यालसियम र लौहतत्वको परिमाण पनि बढाउनुपर्ने हुन्छ । गर्भमा रहेको भु्रणको हाड तथा दाँतको सन्तुलित विकासको लागी र गर्भवती महिलामा क्यालसियमको कमीबाट हाडसम्बन्धि समस्या अस्टोम्यालेसियाबाट बचाउँनका लागी यस अवस्थामा ६ सय मि.ग्राम बढि क्यालसियम आवश्यक पर्छ ।
महिलाको शारिरीक अवस्था, दैनिक क्रियाकलाप र तौल अनुसार विभिन्न प्रकारका पौष्टिक तत्वहरु भएको खाद्यपर्दाथ सेवन गर्नुपर्छ । साधारण ५५ केजी तौल भएको, स्वस्थ्य, ठिक्क काम गर्ने महिलालाई प्रतिदिन १ हजार ९ सय क्यालोरी आवश्यक हुन्छ भने गर्भवती हुदाँ ३५० क्यालोरी थप्नुपर्ने हुन्छ ।
गर्भवती अवस्थामा बेसल मेटाबोलिजम दर बढ्न, भु्रणको विकास हुन र गर्भवतीको शरीरमा पौष्टिक तत्व सञ्चित राख्न थप क्यालोरीको आवश्यक पर्छ । त्यसैले क्यालोरीको स्रोत काब्रोहाइडेट भएकाले अन्न, दाल गेडागुडि, फलफुल, दुध भोजनमा समावेश गनुपर्छ ।
गर्भवतीमा लौहतत्वको कमीले हुने रक्तअल्पत्ता हुन नदिन पुरै अण्डा, हरियो सागपात र मासुहरु खानुपर्छ । यो अवस्थामा १० मि.ग्रा देखि ४० मि.ग्रा सम्म लौहतत्व आवश्यक हुन्छ । यसका साथै आयोडिन, चिल्लोपर्दाथ, भिटामिन ए, सि र बि २२, जिङ्क अन्य पौष्टिक तत्व पोषणविद्को सल्लाह बमोजिम बढाउनुपर्छ ।
एकचोटि धेरै खाना खानुभन्दा पटक पटक गरी थोरै खादाँ राम्रो हुन्छ । साथै खानाको बिच बिचको समयमा स्वस्थ्यकर खाजा खानुपर्छ । सुरुको अवस्थामा प्रायजसोलाई वाकवाक लाग्ने, बान्ता हुने खानाप्रति अरुची हुन्छ । त्यस्तो अवस्थामा बिहान वा खाना खानु अघि ठोस काब्रोहाइडेट पर्दाथ बिस्कुट, पाउरोटि र फलफुल खादाँ हुन्छ । फाइबरयुक्त खाद्यपर्दाथका साथै शारिरीक अवस्था अनुसार ताजा फलफुल, आवश्कता अनुसार पानी पिउनुपर्छ । समयमा खाने, आराम लिने र आवश्यकता अनुसार हल्का व्यायम गनुपर्छ ।
गर्भवतीका लागी दैनिक आवश्यक खाद्यपर्दाथ
गर्भवतीका लागी आवश्यक पौष्टिक तत्व
गर्भवती महिलाले सन्तुलित आहार सेवन गरेमा स्वस्थ्य शिशु जन्माउनका साथै कुपोषणको जोखिम पनि कम हुन्छ । त्यसैले स्वस्थ्य जिवनशैलिका लागि सन्तुलित आहार सेवन गर्ने बानि बसाल्नुपर्छ ।