काठमाडौं - महिलाहरूका लागि गर्भावस्था एक विशेष अवस्था हो। धेरैजसो महिला शारीरिक र मानसिक रूपमा पूर्ण तयार नहुँदा यो अवस्थामा विभिन्न समस्या झेलिरहेका हुन्छन् । यस्ता समस्यालाई न्यूनीकरण गर्न गर्भवती महिलाले योग गर्न आवश्यक हुन्छ । गर्भावस्थामा योग गर्नाले मन, मस्तिष्क र शरीरलाई शान्त र फुर्तिलो बनाउँछ ।
गर्भावस्थामा मस्तिष्क विकास गर्न, सहनशक्ति बृद्धि गर्न योग जरुरी हुन्छ । गर्भावस्थाको सूरुवातमा मनमा अत्यास लाग्ने चन्चल हुने गर्छ । योगद्धार मन शान्त र स्थिर पार्न सकिन्छ ।
गर्भावस्थामा प्रणायम अन्तर्गत भस्तिका प्रणायाम गर्न सकिन्छ । भस्तिका आसन गर्दा सुरुमा पलेटि कसेर बस्ने, त्यसपछि लामो सास लिदै छोड्दै २ देखि ३ मिनेट सम्म गर्न सकिन्छ ।
त्यसपछि अनुलोमबिलोम प्रणायाम गर्न सक्छौ । तर कपालभाती प्रणायाम चाहि गर्न हुदैन । अनुलोम बिलोम गर्दा सुरुमा दाइना सिका बन्द गरेर बाइना सिकाबाट लामो सास लिन्छौ र छोड्छौ ।
फेरी बन्द गरेर लामो सास लिन्छौ, फेरी छोड्छौ । यसरी ५ देखि १० मिनेट सम्म यो प्रणायाम गर्न सक्छौ । त्यसपछि भ्रामरी प्रणायाम पनि गर्न सकिन्छ । यो प्रणायाम गर्दा तनावबाट राहत पाउन सकिन्छ । मन शान्त र आनन्दित हुन्छ । यो प्रणायाम गर्दा लामो श्वास लिएर ओमको उच्चारण गरिन्छ । आमेको उच्चारण ३, ५ वा ७ पटक सम्म गर्न सकिन्छ ।
गर्भावस्थामा ध्यान गर्न पनि उत्तिकै जरुरी हुन्छ । गर्भावस्थामा हुने भयबाट छुटकारा पाउन ध्यान गर्नुपर्छ । साथै गर्भवतीले ध्यान गरेमा स्वस्थ्य शिशु जन्मन्छ ।
हालको परिवेशलाई नियाल्ने हो भने शिशुहरु जन्मदा नै विभिन्न समस्याबाट ग्रसित हुन्छन् । जन्मदै वजन कम हुने, जण्डिस हुने, मधुमेह, मुटुमा समस्या देखिन्छ । त्यसैले गर्भावस्थामा योग, ध्यान र प्रणायमहरु गरेमा स्वस्थ्य शिशु जन्मने हामीसँग धेरै प्रमाणित उदाहरण छन् ।
गर्भावस्थामा धेरै कडा आसनहरु गर्नुहुदैन, तर केहि सरल आसनहरु गर्न सकिन्छ । गर्भवती भएको पहिलो चरणमा कमजोरीपन बढि देखिन्छ । यो समयमा शरीर आलस्य हुने, मस्तिष्कमा बिकारहरु आउने गर्छ त्यसैले यो समयमा योग गर्न जरुरी हुन्छ । सुरुको ३ महिनामा कम्मर घुमाउने आसन गर्नुपर्छ । यो आसन विस्तार ५ देखि ७ पटकसम्म गर्न सकिन्छ । त्यस्तै गरी ताडासन पनि गर्न सकिन्छ ।
गर्भावस्थामा दोस्रो तिन महिनामा खुल्ला कपडाहरु लगाउने गर्नुपर्छ । साथै प्रोटिनयुक्त खाना खानुपर्छ । मन मस्तिष्क शान्त हुनुपर्छ । किनकि हामिले जस्तो विचार राख्छौ शिशुले पनि त्यस्तै विचार राख्ने गर्छ ।
त्यसैले गर्भवती महिलाले सकारात्मक विचार राख्नुपर्छ । नर्मल प्रसुतीका लागी योग गर्न जरुरी हुन्छ । हिप खुलाउनका लागी विरभद्र आसन गर्न सक्छौ । यो आसन ३ देखि ६ महिनासम्म मात्र गर्न सकिन्छ । त्यसपछि बालासन पनि गर्न सकिन्छ । साथै चक्किपिसान, मलासन, गौमुखासन, ब्रह्रमुर्दा अर्थात सुक्ष्म व्यायम पनि गर्न सकिन्छ ।
गर्भावस्थाको अन्तिम चरण अथार्त ६ देखि ९ महिनामा सुक्ष्म व्यायम र प्रणायाम गर्न सक्छौं । यो समयम हात सुन्निने, दुख्ने हुन्छ । यो समयमा कुनै आसनहरु गर्नु हुदैँन ।
यसरी गर्भावस्थामा योग प्रणायम र ध्यान गरेमा नर्मल प्रसुती हुन सकिन्छ । हरेक गर्भवतीले आफ्नो शरीरको अवस्था हेरेर योग गर्नु फाइजनक हुन्छ ।
गर्भावस्थामा योग गर्नुको फाइदा:
गर्भावस्थामा मन, मस्तिष्क र शरीरलाई शान्त र फुर्तिलो बनाउँछ ।
शरीरमा आएको परिवर्तनलाई कसरी स्वीकार गर्ने भन्ने सिकाउँछ ।
शरीरमा लचकता ल्याउँछ ।
मानसिक तनाव कम गर्छ ।
श्वास–प्रश्वास लिने तरिकाले पनि महिलालाई डेलिभरीको बेलामा सहज बनाउँछ र बच्चालाई फाइदा गर्छ ।
बिनाअप्रेसन सुत्केरी गराउन केही हदसम्म सघाउ पुर्याउँछ ।
गर्भावस्थामा बच्चालाई फर्कन सहज हुन्छ ।
बान्ता कम हुन्छ ।
गर्भावस्थामा हुने दुखाइलाई कम गर्छ ।
सुत्केरी भइसकेपछि चाँडै सामान्य अवस्थामा फर्कन मद्दत गर्छ ।
( योग प्रशिक्षक, अजिता बस्ताकोटीसँगको कुराकानी)