काठमाडौं - साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छस कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।
महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो ।
हर्मोनको गडबढिले गर्दा महिनावारीको समयमा धेरै खाले समस्याहरु देखा पर्छन ।
महिनावारी अनियमित छ भने यस्ता घरेलु खानेकुराहरु खान सकिन्छः
काँचो मेवा
महिनावारीमा हुने समस्याका लागि काँचो मेवा अति उपयुक्त हुन्छ । यसमा धेरै पोषण तत्व, एन्टी अक्सीडेन्ट तथा रोग कम गर्ने गुणहरु हुन्छन् । काँचो मेवाको सेवनले महिनावारीमा हुने हरेक प्रकारका समस्याहरु कम हुन्छ ।
अदुवा
महिनावारीलाई नियमित गर्न अदुवाले महत्वपुर्ण भुमिका खेल्छ । अदुवाको सेवनले महिनावारी हुँदा पेट दुख्ने समस्याबाट पनि राहत प्रदान गर्छ । त्यसैले आधा चम्चा अदुवालाई पिनेर एक कप पानीमा सात मिनेट उमाल्नुहोस्, त्यसमा स्वाद अनुसार चिनी हाल्नुहोस् ।
यो मिश्रणलाई खानापछि दिनमा तीन पटक सेवन गर्नुहोस् । एक महिनासम्म यसरी अदुवाको मिश्रण बनाएर पिउनुहोस्, धेरै कुरा समाधान हुन्छ ।
जीरा
महिनावारीमा देखिने समस्याहरुमा जीराको सेवन अति फाइदाजनक हुन्छ । यसबाहेक महिनावारीमा पेट दुख्ने समस्यामा पनि जिराको सेवन लाभदायक हुन्छ । महिनावारी हुँदा महिलाहरुमा आइरनको कमी हुन्छ, जीराको सेवनले तपाईंको शरीरमा कमी भएको आइरनको पनि परिपुर्ति गर्छ । एक चम्चा जीरासँग एक चम्चा महको दिनहुँ सेवन गर्नु उपयुक्त हुन्छ ।
बदाम
बदाम पनि महिनावारीमा हुने समस्याहरुलाई कम गर्न सहयोग गर्छ । राती दुईवटा छोकडा र चार वटा बदामलाई पानीमा भिजाएर राख्नु पर्छ । बिहान यिनीहरुसंग अलिकति मिश्री मिसाएर पिन्ने र घीउसँंग सेवन गर्नाले पनि महिनावारीमा हुने समस्याहरु हट्छ ।