काठमाडौं - दशै नेपालीको महान पर्व हो । यस चाडमा आ आफ्नो रीतीरिवाज अनुसारका खाद्यपदार्थ भोजनमा समावेश गरे तापनि विशेषतः मासुका परिकारलाई प्राथामिकता दिइएको पाईन्छ ।
हाम्रो समाजमा बोका, खसी , राँगो, भैँसी , कुखुरा , हाँस, खरायो ,मुग,भेडा, च्याङ्ग्रा,परेवा आदीको मासु खाने प्रचलन छ । यसमा प्रशस्तमात्रामा पानी , खनिज , चिल्लो पदार्थ र भिटामीन पाइन्छ । मासुमा करिब १६ देखि २२ प्रतिशत प्रोटिन हुन्छ । मासुबाट कति क्यालोरी पाइन्छ भन्ने मासुमा रहेको बासोको मात्रा, कुन अगंको मासु तथा जनावरको प्रकारमा भर पर्छ । यसबाहेक मासु लौहतत्व र फोस्फोरसको पनि राम्रो स्रोत हो ।
अगंको मासु जस्तैस् फोक्सो , कलेजो, मिर्गौला , मुटु आदि पनि पौष्टिक दुष्टिकोणले महत्वपुर्ण हुन्छ । मुटु , फोक्सो , कलेजोमा प्रशस्त लौहतत्व पाइन्छ भने कलेजोमा भिटामीन 'ए' पनि पाइन्छ । मासुबाट प्राप्त हुने लौहत्व सागसब्जीबाट प्राप्त हुनेभन्दा धेरै प्रतिशत मात्रामा शरीरलाई पोषण दिने गर्छ ।
यस प्रकार माछामासुमा विविध पौष्टिक गुण भए तापनि भोजनमा समावेश गर्दा यसको गुण र परिमाणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । साधारणतया चाडपर्वमा विशेषतः लामो समयसम्म चल्ने पर्वमा तुलनात्मकरुपमा माछामासुको उपयोग बढी परिमाणमा हुने गर्छ । यस्तो स्थितिमा पोषिलोको बाबजुद पनि यसले स्वास्थ्यमा नकारात्मक असर पनि पार्न सक्छ ।
मधुमेह , उच्च रक्तचाप , गाउट , मोटोपन भएका ,मुटुसम्बन्धी समस्या भएका व्यक्तिलाई स्वास्थ्य स्थिति हेरेर मासु खानु पर्छ ।
मासु खादा सेतो मासु खाने कि रातो मासु ?
सेतो मासु भन्नाले काँचो अवस्थामा फिक्का रातो वा गुलाफी रगंको विशेष गरी चराचुरुगीं वर्गबाट पाईने जस्तैः कुखुरा टर्की , हाँस , परेवाको तथा माछालाई बुझाउँछ भने रातो मासु भन्नाले काचो अवस्थामा रोतो रगंको हुने जस्तै: खसी , बोका , राँगो , भैँसी , खरायो , मृग , भेडा आदीको मासु भन्ने बुझिन्छ ।
रातो मासुभन्दा सेतो मासु खान उचित मानिन्छ । हुन त दुबै प्रकारको मासु प्रोटिनको उत्तम स्रोत भए तापनि रातो मासुमा तुलानात्मकरुपमा तृप्त फ्याटी एसिडको मात्रा बढी हुन्छ । रातो मासुमा मासुलाई रातो बनाउँने मायोग्लोबिन तत्वबाहेक जिगं तथा फोस्फोरसजस्ता खनिज पदार्थ र नायसिक , भिटामीन , राइबोफ्लाबिन जस्ता एनिटअक्सिडेन्ट तत्व पाइन्छ ।
रातोमासुको सेवनले कोलेस्टेरोल , ट्राइग्लिसिराइड , मधुमेह भएका व्यक्ति त्यस्तै मुटुसम्बन्त्री समस्या भएका , उच्च रक्तचाप , जोर्नी दुख्ने समस्या भएका तथा उच्च तौल भएका व्यक्तिहरुलाई उपयुक्त मानिदैन् ।
सेतो मासुमा पाइने चिल्लोले पनि स्वास्थ्यलाई फाइदा गर्दैन । त्यसकारण कुनैपनि प्रकारको मासु खाँदा त्यसमा भएको देखिने चिल्लो पदार्थ अथवा बोसो निकाली ठीक परिमाणमा खाँदा बेस हुन्छ ।
ताजा , सफा र सुरक्षित किसिमको मासुको छनोट गर्नु पर्छ । चाडपर्व होस् वा अनय समयमा होस मासु किन्दा , पखाल्दा , काट्दा , पकाउँदा तथा थन्काउँदासमेत विशेष सावधानी अपनाउँनुपर्छ । जीवाणुको प्रक्रियाबाट मासु विषालु हुने र त्यस्ता मासु खाँदा बान्ता आउँने , पेट दुख्ने , पखाला लाग्ने जस्ता समस्या देन्छिन् ।
पर्वहरुमा थन्काईएको मासुलाई यसरी खानेः
पकाउनु पर्ने काँचो मासु ठीक तापक्रममा फ्रिजमा हावा नपस्ने गरी राख्ने ।
पाकेको मासुलाई उचित रुपमा सुरक्षित राख्ने ।
एकपटक फ्रिजबाट निकाली बरफ पखाली सकेको मासु पुनः फ्रिजमा नहाल्ने ।
फ्रिजबाट निकालेको मासु राम्रो सँग पकाएर मात्र खाने ।
काँचो र पकाएको मासु सँगै नखाने ।
यसै गरी चाडपर्वमा बढी तेलको प्रयोग गरेको अर्थात तेलमा फ्राइ गरेको मासुको परिकार खाने गरिन्छ । यस्तो स्थितिमा बोसोरहित , ताजा , सफा मासु छनोट गर्दागर्दै पनि पकाउँदा बढी तेलको प्रयोगले गर्दा स्वास्थयमा प्रतिकुल असर पर्न सक्छ । मासुको प्रकार र मासुको टुक्रा हेरेर आवश्यक तापक्रममा पकाउनुपर्छ । उपयुक्त तापक्रममा नपकाएको कुखुराको मासुबाट विभिन्न खाले रोगहरु सर्न सक्छन् ।
(डा.जया प्रधानको जीवनशैली र पोषण भन्ने किताबबाट साभार)