काठमाडौं - चाँया पर्ने समस्यालाई याम समस्याका रुपमा लिईन्छ । चाँया पर्ने धेरै कारणहरु छन् । चिकित्सहरु भन्छन् धेरै चाँया पर्नु एक किसिमको रोगपनि हुन सक्ने बताउँछन् । चाँया खानपान , तनाव , स्याफु र कपालमा प्रयोग गरिने विभिन्न खाले कस्मेटिक जन्य सामान बढि लगाउनालेपनि चाँया पर्न सक्छ । गर्मीयाम भन्दा जाडोयाममा चाँया बढि पर्ने गरेको पाईन्छ छ ।
हामीले चाँयालाई यसरी घरेलु विधि प्रयोग गरेर पनि हटाउँन सक्छौं ।
- अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।
- कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
- एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ ।
- नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
- अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।
- अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।
- धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।