काठमाडौं - गर्मीयाम सुरु भएसँगै सातुको नियमित सेवनले अनेक स्वा प्रायः मानिसहरु गर्मी मौसममा सातु खाने गर्छन् । सातु स्वादका लागि मात्र प्रसिद्ध छैन स्वास्थ्यको दृष्टिकोणले पनि सातुको सेवनलाई निकै लाभदायक मान्ने गरेको हो । सातुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ र गर्मीमा शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्छ ।
सातु खानुका केही फाइदाहरु
– गर्मीमा ‘लु’ लाग्ने समस्याहरु धेरै नै सुनिन्छ । तर सातुको सेवनले शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्दछ । जसले गर्मीको दुष्प्रभावबाट बच्नुका साथै ‘लु’ लाग्ने समस्या हुँदैन ।
– कतिपय मानिसहरुलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरुका लागि सातुको प्रयोग फाइदाजनक हुनसक्छ । सातुको सरबत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभुति हुँदैन ।
– सातु प्रोटिनको लागि राम्रो श्रोतको रुपमा चिनिन्छ । सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ । खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ ।
– जौं र चनाले बनाएको सातु डाइबिटीजका लागि लाभदायक मानिन्छ । डाइबिटीजका बिरामीहरुलाई नियमितरुपमा सातुको सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।
– सातुको सेवनले शरीरमा छिट्टै उर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिदैन ।
– सातुको सेवन मोटोपनबाट हैरान भएका मानिसहरुका लागि रामबाण नै मानिन्छ । नियमित रुपमा सातु सेवन गर्नाले पाचनप्रक्रिया सहि तरिकाले काम गर्छ र मोटोपन समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
– उच्च रक्तचापका बिरामीहरुका लागि पनि सातुको सेवन अमुक उपाय हो । सातुमा कागतिको थोरै रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नुपर्छ ।