काठमाडौं - हाम्रो भान्सामा ज्वानो कमै प्रयोग गर्छौं । यो हामी बडी मात्रामा घरमा कोही सुत्केरी भएको समयमा झोल खुवाउनको लागी प्रयोग गर्छौं । यसको प्रयोग हामी स्वास्थ्यमा आउने भिन्न समस्याहरुको समधान गर्नको लागी औषधीको रुपमा पनि प्रयोग गर्न सक्छौं । यसलाई हामीले सही तरिकाले प्रयोग गर्न जान्ने हो भने यो हाम्रो स्वास्थ्यको लागी निकै नै लाभदायक हुनसक्छ ।
ज्वानोले हामीलाई पुर्याउने फाइदाहरु
सर्दीलाई फाइदा : सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।
पेट दुखाईलाई आराम : ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।
दमलाई आराम : दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।
मधुमेह नियन्त्रण : १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।
रक्सी छुटाउन : ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।
हैजामा ज्वानो : हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।
मिर्गौलामा हुने पत्थरीलाई सहयोग : ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु(याउँछ ।
तौल घटाउन मद्धत : ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपार्इँको तौल घटाउनमा समेत सहयोग पु(याउँछ ।
पेट फुल्ने रोग र वायुविकारमा ज्वानो : वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।