काठमाण्डौ - खानपान, जीवनशैली, हर्मोनल परिवर्तन जस्ता थुप्रै कारणले तौल बढ्छ । तौल बढी हुनु वा घटी हुनु भनेको शारीरिक समस्या हो ।अस्वभाविक तौल बढी हुनाले विभिन्न रोग निम्त्याउँछ । शरीर भद्दा देखिन्छ । अस्वभाविक रुपमा कम तौल हुनु पनि ठीक होइन ।
मानिसको तौल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उचाई र शारीरिक बनौटलाई आधार मानेर दिन सकिन्छ ।
शरीरको तौल बढी हुनु र कम हुनु दुबै रोगको संकेत हो । त्यसैले आफ्नो तौलबारे जानकार हुनुपर्छ । यसका लागि सहि तरिका हो, बिएमआई अर्थात बडी मास इन्डेक्स । यो मोटोपन जाँच्ने सर्वमान्य मानक हो ।
कसरी जाँच्ने ?
हाम्रो शरीरको लम्बाई र तौलको हिसाब बिएमअईबाट निकाल्न सकिन्छ । तपाईले आफ्नो शरीरको लम्बाई सेन्टिमिटरमा नाप्नुपर्छ र, त्यसमा १ सय घटाउनुपर्छ । जस्तो कि, तपाईको शरीरको लम्बाई ५ फिट दशमलव ५ इन्च छ भने तपाईको सेन्टिमिटरमा यो एक सय ७० सेन्टिमिटर हो । अब यसबाट १०० घटाइदिने हो भने, बाँकी ७० रहन्छ ।
अतः तपाईको उचाई ५ फिट ५ इन्चको छ भने, तौल ७० केजी हुनुपर्छ । यो भन्दा कम वा बढी तौल सहि हुन्न ।
हाम्रो औसत उचाई पाँच फिट भन्दा माथि हुन्छ ।
– पाँच फिट उचाई भएको मानिसको तौल ५० देखि ५४ केजीसम्म सामन्य हो ।
– ५ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ५१ देखि ५५ केजीसम्म सामन्य हो ।
– ५ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ५६ देखि ६० केजीसम्म सामन्य हो ।
– ५ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ५७ देखि ६१ केजीसम्म सामन्य हो ।
– ५ फिट ४ इन्च उचाई भएको व्यक्तिको तौल ५८ देखि ६३ केजीसम्म सामन्य हो ।
– ५ फिट ५ इन्च उचाई भएको व्यक्तिको तौल ६० देखि ६५ केजीसम्म सामन्य हो ।
– ५ फिट ६ इन्च उचाई भएको व्यक्तिको तौल ६१ देखि ६६ केजीसम्म सामन्य हो ।
– ५ फिट ७ इन्च उचाई भएको व्यक्तिको तौल ६४ देखि ६९ केजीसम्म सामन्य हो ।
– ५ फिट ८ इन्च उचाई भएको व्यक्तिको तौल ६५ देखि ७० केजीसम्म सामन्य हो ।
– ५ फिट ९ इन्च उचाई भएको व्यक्तिको तौल ६७ देखि ७२ केजीसम्म सामन्य हो ।
– ६ फिट उचाई भएको व्यक्तिको तौल ७३ देखि ७८ केजीसम्म सामन्य हो ।
– ६ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ७३ देखि ८० केजीसम्म सामन्य हो ।
– ६ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ७७ देखि ८३ केजीसम्म सामन्य हो ।
– ६ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ७९ देखि ८५ केजीसम्म सामन्य हो ।
सामन्य भन्दा बढी तौल हुनु भनेको शरीरमा रोगको संभावना बढ्नु पनि हो । त्यसैले सकेसम्म तौललाई नियन्त्रण गर्नुपर्छ । असामन्य माटोपनले मधुमेह, उच्च रक्तचाप लगायत हृदय रोगको खतरा बढाउँछ ।