काठमाडौं - ढाड दुखेर बस्नै सक्दिन, ढाडले गर्दा रुनु न हाँस्नु बनाएको छ, यस्ता गुनासो नसुनाउने व्यक्ति सायदै कमै होलान । ढाड दुख्नुको अनेकौ कारणहरू हुनसक्छन् । उमेर बढ्दै जाँदा मांसपेशीहरूमा आउने कडापन, मेरुदण्डको नसा थिचिनु, मूत्रनली वा मिर्गौलामा संक्रमण भएर पनि ढाड दुख्ने समस्या हुन सक्छ । महिलाहरूलाई महीनावारी शुरू हुनुभन्दा अघि वा महीनावारी भएको बेलामा बेस्सरी ढाड दुख्न सक्छ ।
गर्भनिरोधक साधन कपर टीको प्रयोग गर्ने महिलाहरूलाई पनि ढाड दुख्ने गर्छ । साथै तनाव र चिन्ताले गर्दा पनि ढाड दुख्ने समस्या आउँन सक्ने चिकित्सक बताउँछन् ।
किन दुख्छ त ढाड ?
कुनै काम गर्दै गर्दा मासुको कुनै तन्तु चुडियो भने ढाड दुख्छ । त्यसैले ढाड सड्केको आवाज आयो कि हामी ढाड दुख्न थाल्यो भन्छौ । त्यसैगरी कहिले भ¥याङ् चढ्दा वा हात तानेर कुनै काम गर्दा पनि हामी ढाड दुख्यो भन्छौ । तर, ढाड दुख्ने पृष्ठभूमि धेरै पहिले नै तयार भइरहेको हुन्छ । आधुनिक युगमा उपलब्ध सुविधाहरूका कारण कति व्यक्तिहरु हिड्न लगभग छोडिसकेका छन् । केहि अवस्थामा हाम्रो मांसपेशीको रक्तसञ्चालन आवश्यक मात्रामा हुन पनि पाउँदैन । लामो समयसम्म एकै ठाउँमा बसिरहदा ढाडमा भार पर्न जान्छ । रक्त सञ्चालन कम हुने र मांसपेशीहरू एउटै स्थितिमा रहदा–बस्दा शरीर भित्रबाट हुने विभिन्न शारीरिक प्रक्रियाका कारण शरीरमा विषादि तत्व जम्मा हुन्छ।
हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्तसञ्चालन कम हुन्छ । त्यहाँ अक्सिजन पनि कम हुन जान्छ । यसले गर्दा मांसपेशी बिस्तारै कमजोर हुँदै जान्छ । त्यसमा काम गर्ने शक्ति क्षीण हुन्छ । यसरी शक्ति क्षीण भएको बेलामा कुनै झट्का लाग्यो भने बेस्सरी ढाड दुख्छ । कहिलेकाही यो दुखाइ यति तीव्र हुन्छ कि सहन नसकेर आँसु नै झर्छ । यस्तो बेलामा बस्न, कोल्टे फर्कन, हलचल गर्न पनि सकिदैन । शरीरमा यी समस्या देखिनु पूर्व नै केहि लक्षणहरु पहिला नै देखिएको हुन्छ । जस्तै, कहिलेकाही लामो समयसम्म एकै ठाउँमा बसेर जुरुक्क उठ्दा चसक्क भएको जस्तो हुन्छ । यो केहि समयपछि आफै ठीक भएमा केहि समस्या छ भनेर विचार गर्दा पछि हुने असाध्य वेदनाबाट बच्न सकिन्छ ।
पिशाबको थैली, नली वा मृगौलाको संक्रमण हुँदा पनि ढाड दुख्ने समस्या हुन्छ भने केहि व्यक्तिहरुमा मानसिक तनाव भएको समयमा पनि ढाड दुख्छ । तर कोहि कोहिमा ढाड दुख्दा क्यान्सर भयो वा हड्डी खुस्क्यो कि भनेर सोच्ने गर्दछन् । यी अनावश्यक कुराहरु सोचेर आफुलाई तनाव दिने काम गर्नु हुदैन ।
नेपालमा ढाड दुख्ने समस्या भएका व्यक्तिहरूको सङ्ख्यामा बृद्धि भइरहेको हाडजोर्नी रोग विशेषज्ञ डा चक्रराज पाण्डेले बताए । उनले भने आफुसँग जचाउन आउने ३० जना बिरामीहरूमध्ये झण्डै १० जना ढाड दुख्ने समस्याबाट पीडित भएर आउने गरेका छन् । उनले भने ढाड दुखेर आउने बिरामीहरूमध्ये ९० प्रतिशतलाई कुनै शल्यक्रियाको जरुरत पर्दैन । औषधि र आरामले मात्र ठीक हुन्छ । केवल १० प्रतिशत बिरामीहरूलाई मात्र शल्यक्रिया गर्नु पर्ने हुन्छ ।
डा. पाण्डेका अनुसार ढाड दुख्नु भनेको ढाडका मांसपेशीका तन्तुहरू कमजोर हुनु हो । ढाड दुख्नुको मुख्य कारणहरु मध्ये गलत तरीकाको बसाइ, बढी मोटोपन र कसरतको अभाव हो ।
ढाड दुख्ने समस्या भएका व्यक्तिहरुले यसबाट छुटकारा पाउँनका लागि सबै भन्दा पहिला शरीरलाई आराम दिनु हो । जुन ओछ्यानमा सुतेर मात्र सम्भव छ । आरामदायक तरीकाले सुत्दा सामान्य दुखाई छ भने बिस्तारै हराउदै जान्छ ।
डा पाण्डे भन्छन्, ढाड दुख्ने व्यक्तिहरु आराम गरेको केहि समयमा नै उठेर काम गर्न थाल्छन् यसरी काम गर्दा निकै होसियार भएर काम गर्नु पर्ने हुन्छ । ९० प्रतिशत ढाडका रोगीहरूलाई आराम र दुखाइ कम गर्ने औषधिले नै ठीक गर्छ । तर स्वास्थ्यका हिसाबले दुखाइ कम गर्ने औषधिको प्रयोग गर्दा राम्रो मानिदैन । त्यसकारण, ढाड दुखिरहेको अवस्थामा तातो पानीले सेक्ने र तातो पानीले नै नुहाउनाले दुखाई कम गर्न सकिन्छ ।
कतिपय अस्थामा महिलाका विभिन्न समस्याका कारण पनि ढाड दुख्ने समस्या आउँने गरेको स्त्रि रोग विशेषज्ञ डा मीरा ओझा बताउँछिन् । उनका अनुसार, पाठेघरको सङ्व्रmमण, पाठेघरको मुखमा घाउ हुँदा वा महिनावारी हुँदा ढाड दुख्ने गर्छ । पाठेघर आफ्नो स्थानमा केहि विचलित भयो भने अथवा आङ खस्ने समस्या भएको अवस्थामा पनि ढाड दुख्छ । त्यस्तै महीनावारी हुँदा प्रयोग गरिने कपडाहरू सफा नभएर प्रजनन् अङ्गमा सङ्व्रmमण हुँदा पनि ढाड दुख्न सक्छ । कतिपय महिलाहरू बच्चा पाउने समयभन्दा धेरै अगाडिदेखि नै कन्न शुरू गर्छन् । यसले प्रजनन अङ्गका नरम तन्तुहरूमा चोट पु¥याउँछ, पछि बच्चा पाइसकेपछि यही कारणले पनि कम्मर पछाडिको भाग दुख्न शुरू हुन्छ ।
गम्भीर प्रकृतिका ढाड दुखाइ केलाई मान्ने
पच्चीस वर्षको उमेरभन्दा पहिले नै ढाड दुख्ने रोग भएमा
ढाडको दुखाइका साथै खुट्टा पनि दुखेमा
खुट्टाका पिडौला, छालामा स्पर्श गर्दा छोएको अनुभव नभएमा
खुट्टाका पिडौलाहरूमा दुखाइसँगै एकदमै कमजोरीपन भएमा
ढाडको दुखाइसँगै पिशाब रोकियो वा पिशाब फेर्न कठिनाइ भएमा
ढाडको दुखाइ लगातार किसिमको भएमा
सुत्दाखेरि दुखाइ झन् बढेमा
ढाड दुखाई कम गर्ने उपाय
ढाड दुखेपछि सबैभन्दा पहिले आराम गर्नुपर्छ । ढाडको दुखाइ गम्भीर प्रकृतिको छैन भने दुई दिनसम्म पूर्ण आराम गर्नाले ढाडको दुखाइ आफै कम हुँदै जान्छ । मासंपेशी खुम्चिएका कारणले ढाड दुखेको हो भने दुखेको ठाउँमा तातो पानीले सेक्दा दुख्न कम हुन्छ । पिशाबको सङ्व्रmमणका कारणले ढाड दुखेको हो भन्ने शङ्का मात्र लाग्छ भने पनि जँचाउन जानुपर्छ ।
लगातार टेबुलमा ८–१० घण्टा बसेर काम गर्ने व्यक्तिलाई ढाड दुख्ने गर्छ । किनभने यसरी बस्दा मासंपेशीको रक्तसञ्चालनमा अवरोध हुन्छ र मासंपेशीहरू थाक्न जान्छन् । त्यसैले दुई– घण्टा लगातार एउटै ठाउँमा बसेर काम गरेपछि १० मिनेट हिडडुल गर्नुपर्छ ।
दैनिक हिँडाइले तौल ठीक राख्नमा मद्दत गर्छ । हिँडाइले मानसिक तनाव कम गर्नमा मद्दत गर्छ । यसले शरीरमा सकारात्मक ऊर्जा बढाउँछ । हिँडाइले रक्तसञ्चालनमा फाइदा पु¥याउँछ । हिड्दा रक्तसञ्चालनको कारणले मस्तिष्कमा अक्सिजनको सञ्चार सरल र सहजरूपले हुन्छ । साथै फोक्सोमा पनि बढी रक्तसञ्चालन पु¥याउँछ । यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । यसको अर्थं बढी स्वस्थ्य हुनु पनि हो । छोटकरीमा हिँडाइ सर्वोत्तम व्यायाम मध्ये एक हो ।
यसबाहेक योगका केहि आसनहरू गर्न सकिन्छ । यसले मासंपेशीहरूलाई लचिलो बनाई रक्तसञ्चालन राम्रो बनाउँछ । अतः मासंपेशीहरू चाँडै थाक्दैनन् । यसले गर्दा ढाड दुख्ने समस्या कम हुन जान्छ ।
(जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतीको पुस्तक खाना खानुभयो’ बाट लिइएको केहि अंश)