- डा.रविनलाल श्रेष्ठ
काठमाडौं- आजभोली विश्वमा महिलाहरुमा थाइरोइड ग्रन्थीको समस्याहरुले चुनौति दिइरहेको छ । विशेष गरि हाइपोथाइराइडिजम् (Hypothyroidism) वढ्दो क्रममा छ । के हो त हाइपोथाइराइडिजम् ?
हाइपोथाइरोडिजम भन्नाले थाइरोइड ग्रन्थीबाट निस्कने श्राव अर्थात् हर्मोनको कमी हुने स्थिति हो । यस समस्यामा त्घ, त्द्ध हर्मोनहरुको कमि हुन्छन् भने TSH हर्मोनको वृद्धि हुन्छ । T3, T4 हर्मोन थाइरोइड ग्रन्थीबाट निस्कन्छन् भने TSH पिट्युटरी ग्रन्थीबाट निक्कन्छ । हाइपोथालामसबाट TSH हर्मोन निस्कन्छ जसले पिट्युटरी ग्रन्थीलाई TSH हर्मोेन निकाल्न निर्देशन दिन्छ भने TSH को निर्देशनमा थाइरोइड ग्रन्थीले T3, T4 हर्मोन उत्पादन गर्दछ । अनि रगतमा T3, T4 मा परिवर्तन हुन्छ र प्रत्येक कोषिकाहरु भित्र T3 प्रवेश गरि आफ्नो काम गर्दछ ।
लक्षणहरु
अल्छिपना, मोटोपन, खान मन नलाग्नु, चिसो सहन नसक्नु, छाला सुख्खा हुनु, कपाल झर्नु, धेरै निद्रा लाग्नु ,मासंपेशीहरु दुख्नु भावनात्मक वेगहरु उतारचढावहरू हुनु, बिर्सिनु, ध्यान दिन नसक्नु, कब्जियत, महिलाहरुमा महिनावारीको समस्या, शरीर सुनिनु, आँखा धमिलो हुनु आदि ।
अन्य समस्याहरु
मुटु फेल, कोलेस्ट्रलमा वृद्धि, किड्नीमा समस्या, नसामा समस्या, श्वासप्रश्वासमा समस्या बाँझोपन आदि ।
यसका कारणहरु
गलत जीवनशैली, तनाव, पौष्टिक तत्वहरुको कमी (आयोडिन, सेलेनियम क्याल्सियम जिंक अथवा टाइरोसिन) Autoimmune समस्या, मानसिक वा भावनात्मक आघात, ठूलो आन्द्राको समस्या, आयोडिनको अत्यधिक उपयोग, औषधिहरु, शिल्यक्रिया, वा जन्मजात ।
योग अभ्यासहरुका फाइदाहरु
हाइपो थाइरोइडिजम्को समस्यामा योग निकै नै उपयोगी हुन सक्छ । योगका विभिन्न अभ्यासहरु गर्नाले यस रोगका कारण उत्पन्न भएका धेरै समस्याहरुबाट सजिलै छुटकारा पाउँन सन्छि । हर्मोनको गडबढीले उत्पन्न भएको मोटोपन, कोलेस्ट्रोल लगाएत बोसोको बढ्ने देखि अन्य समस्याहरु पनि योगद्धारा समाधान गर्न सकिन्छ ।
त्यस्तै अनिन्द्रा, कब्जियत जस्ता समस्याबाट पनि मुक्ती पाउँन सन्छिन । योग अभ्यासले फोक्सोको कार्यक्षमता, तनाब मुक्त कम गराउँनुका साथै हौसला बढाउँन, फुर्तिलो बनाउँन, सकरात्मक सोच ल्याउन पनि धेरै मद्दत गर्छ र योग र्नाले सामाजिक रुपमा सक्रिय बनाउँछ, पारिवारिक सुख वृद्धि गर्दछ भने जीवनको गुणस्तर बढाउँछ र दुखाइहरु कम गर्दछ ।
हाइपोथाइरोडिजममा कुन योग अभ्यासहरु राम्रो ?
आसनहरु : पवनमुक्तासन, मत्स्यासन, भुजगांसन, कन्धरासन, वज्रासन, सिंहगर्जनासन। विपरीतकरणी, सर्वागांसन,
प्राणायामः कपालभाति, भस्ट्रिका नाडी शुद्धि, सूर्य अनुलोम विलोम, भ्रामरी, उज्जयी प्राणायाम आदि
बन्ध तथा मुद्रा : जलान्धर बन्ध, शुन्य मुद्रा ।
सवासनः ध्यानः ओम् मन्त्र उच्चारण,
योगिक क्रिया कुञ्जल, शंखप्रक्षालना
नोटः योग थेरापि रोग र व्यक्ति विशेष हुन्छ । तसर्थ रोग विशेष योग अभ्यासहरु गर्दा योग तथा प्राकृतिक चिकित्सक, योग चिकित्सक वा आधिकारीक योग थेरापिष्टको प्रत्यक्ष निगरानीमा गर्न अत्यन्त जरुरी छ । गलत अभ्यास गर्नाले उल्टो असर पनि आउन सक्छ ।
( डा.रविनलाल श्रेष्ठ अयांश योग नेचर क्योर हस्पितल टोखा–३ काठमाडौंका मेडिकल डाइरेक्टर हुन् । )