काठमाडौं - प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्टिक बढ्दो छ । समयमा खाना नखानाले खाएमा पनि भोको पेटमा चिल्लोले गर्दा ग्यास्टिक बढ्दै जान्छ । यसरी आमासमयको खाना नलि जोयको सानो आन्द्राको मुखमा घाउ बन्न सक्तछ ।
आन्द्रामा प्वाल पय्रो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुको खानपानको गर्दा यो रोग हुन सक्तछ । यो पाचन प्रणालिसँग जोडियको हुन्छ ।
अल्सर भएका व्यक्तिले के खाने के नखाने ?
अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।
पिरो, मसलाको मात्रा धेरै, चर्को तरकारी अमिलो दहि र अमिलो महि नखाने ।
पेय पदार्थमा रक्सी गाढा रंग हालेको चिया र कफी नखाने ।
तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।
अल्सर लागेको यसरी थाहा पाउँने ?
अल्सर रोग लाग्यो भने छाति वा पेटको माथिपट्टिको भाग दुख्छ ।
खालि पेट अथवा खाना खाइसकेपछि पनि दुखिरहन्छ ।
उल्टी आउला कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ ।
वाक्दा रगत नै आउन सक्दछ्।