काठमाडौं - मानव शरीर खानपानमा निर्भर रहेको हुन्छ । कुनै पनि व्यक्तिले खाने खानाबाट नै उसको शरीरिक वनावट देखि लिएर उसको बौद्धिकता पनि मापन गर्न सकिन्छ ।
हामीले शरीरिक विकासका लागि विभिन्न किसीमका खाने कुराहरु खाइरहेका हुन्छौं । त्यस्तै नै मस्तिष्कको विकासको लागि पनि केही खानेकुरा खान महत्व पूर्ण हुन्छ । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।
मस्तिष्क विकासका लागि यी खाने कुरा खाऔं:
ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।
गोलभेँडा– गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।
स्ट्रबरी- यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।
दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।
जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।
तुलसी- मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २र३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।