काठमाडौं - स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि पु¥याउन सक्छ ।
यी खानेकुरालाई विरूद्ध आहार भन्ने गरिन्छ । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरेपनि एकसाथ खाँदा नोक्सान गर्छ ।
विरुद्ध आहार सेवन गर्दा तत्कालै वा कालान्तरमा अनेकौं रोगहरूको खतरा रहन्छ । अधिकांश अवस्थामा रोगहरूको कारणै थाहा नहुन सक्छ । तर विरूद्ध आहारको सेवनले पनि धेरै प्रकारका रोगहरू उत्पन्न गराउन सक्छ । यी खाद्य पदार्थहरूको विरूद्ध थाहा नहुँदा हामी रोगको चपेटामा जानी नजानी परिरहेका हुन्छौं । के सँग के खाए बिरुद्ध आहार बन्छ तल उल्लेख गरिएको छ । विरूद्ध आहार सम्बन्किा विषयमा तपाईं हामी सबैजना जानकार हुनुपर्छ ।
केसँग के नखाने
दूधसँग: दही, नुन, मूला, काचो सलाद, अमिलो, गुँद, माछा, मासु आदिको मिश्रण ।
दहीसँगः खीर, दूध, पनीर, तातोखाना, खारा, खर्बुजा, आदिको मिश्रण ।
महसँगः बराबर घिउ, तेल, धेरै तातो खाद्यपर्दाथ, धेरै तातो दूधको मिश्रण र महलाई तताएर खानु
घिउसँगः बराबर मात्रामा मह र चिसो पानीको सेवन ।
केरासँगः महि पनि बिरुद्ध आहार मानिन्छ ।
यसबाट उत्पन्न हुन सक्ने रोगहरु
छाला सम्बन्धि रोगहरु, फूड प्वाइजनिंग, नपुंसकता, पेटमा पानी भरिनु, मधुमेह, पाइल्स, शरीरमा सेता दागहरु उत्पन्न हुनु, बुद्धिको क्षय, तेजकान्तिको नास, टि.भी, घाउखटिरा आउनु, दुर्वलता शरीरको कुनै पनि अंगबाट रक्तश्राव हुनु । घाँटी सम्बन्धी रोग, हैजा, अम्लपित्त, रुघाखोकि, नाकको हड्डि बढ्नु, गर्भावस्थामा असर पर्नु अथवा गर्भनरहनु, अन्धपना आदि ।
यस प्रकारका उत्पन्न हुन सक्ने रोगहरुका कारण पनि कुनै पनि खाद्य पर्दाथ मिश्रण गरेर खाँदाको अवस्थामा विचार पूर्वक ध्यान पुर्याएर सेवन गर्नु स्वास्थ्यका दुष्टिले सहज रहनु पर्ने हुन्छ ।
(आयुर्वेद सिद्धान्द रहस्यबाट साभार गरिएको छ ।)