काठमाडौं - गर्मी मौसम सुरु भइसकेको छ । गर्मीयाममा धेरै खाले मौसमी फलफुलहरु पाईन्छन् । त्यस मध्येको पनि निकै नै स्वादिलो फलको रुपमा काफललाई लिईन्छ । यो पहाडमा पाईने अमिलो स्वादको फल हो काफल । यो गर्मी महिनामा पाईन्छ । यसको आकार लाम्चो र गोलो हुन्छ। काफलको रङ काँचोमा हरियो हुन्छ भने पाकेपछि यसको रङ बैजनी हुन्छ । काफललाई स्वादको रुपमा भन्दा पनि कतिले यसलाई औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् । काफलले शरीरलाई के के कुरामा फाईदा पूर्याउछ भन्ने कुरा आज बताउन गईरहेका छौ ।
औषधीको भण्डार काफल:
दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ ।
ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ ।
खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने गर्छ ।
साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो ।
आयुर्वेद विशेषज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने गर्छ ।
यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ ।
कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदिको औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बताइन्छ ।
बाहिरी घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।
यसको बोक्रालाई मसिनो बनाएर पिस्ने र आँखा रातो भएको ठाउँमा लगाउने गर्नाले आराम मिल्छ ।
घाऊ तथा चोटपटक लागेको खण्डमा पनि यसको धुलाको प्रयोग गर्न सकिन्छ ।
काफलको बोक्रालाई चार ग्राम मिश्रीको काढासित एक हत्ता सम्म सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि निको हुन्छ ।
काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको पिडा शान्त हुन्छ ।