काठमाडौं - आधुनिक समाजको विकास सँगै पुराना रितिरिवाजहरु लाई हामीले पछाडी छोड्दै आइरहेका छौं । जसका कारणले भविष्यमा नकारात्मक असर पारिरहेको पाईन्छ । त्यसै मध्य पर्दछ नव जात शिशुलाई पनि हामी आजभोलि परम्परागत चल्नबाट नभएर आधुनिक तरीकाबाट हुर्काउने गर्दछौं ।
कतिपय अवस्थामा आधुनिक पद्धतिपनि उचित मानिन्छ भने तर प्राय आधुनिक जिवनशैलि बाट हुर्केका बालबालिकामा भविष्यमा गएर स्वास्थ्यमा विभिन्न समस्या देखा परेको पाईन्छ । हाम्रो देशमा परम्परागत तरीकाले बालबालिका हुर्काउने धेरै राम्रा चलनहरू रहेका छन् जस्लाई जगेर्ना गर्नु पर्दछ ।
साथै समय अनुसारका नयाँ ज्ञान र सीप पनि सिकेर आफ्नो परिवेशमा ल्याउनाले बालबालिकाको विकासमा सहयोग पुग्दछ ।
जगेर्ना गर्नैपर्ने केही प्रमुख चलनहरू यस्ता छन्ः
घाममा तेल मालिस, तोरी भरेको तकियाको प्रयोग
गर्भावस्थाका शिशु र गर्भवती आमालाई गरी दुई भाग खाना भाग लगाउने (थारू चौधरी जातिको चलन)
गर्भावस्थाका शिशु र गर्भवतीलाई हर्ष बधाई दिन गोदभराइस विभिन्न परिकारसहितको दहीचिउरा खुवाउने चलन (नेवार जातिको चलन)
सुत्केरी समयमा हुन पतिको अनिवार्य संलग्नता (दनुवार जातिको चलन)
शिशुको अन्नप्राशन
स्थानीय सामाग्रीको प्रयोग गरेर खेल खेलौना बनाइदिने
बाजे बज्यै र आमाले बालकथा भन्ने चलन जसले बालबालिकाको सुनाइ बोलाई सीप विकास गर्नुको साथै भाषा विकासमा सहयोग पुग्दछ
बालगीत, निदौरी, चाडपर्वका गीतहरू गाउने प्रचलन