काठमाडौं- लेजर थेरापीद्धारा मानव शरीरमा लाग्ने झन्डै चार सय प्रकारका रोगको उपचार गर्न मिल्छ भन्ने ल्याबसहित प्रमाणित भइसकेको छ ।
चार सय उपचार मध्येपनि धेरै जसो वा दैनिक रुपमा दुखाइका बिरामीहरु आउने गरेका छन् । बिशेषगरी बाथको दुखाइ, अचानक हुने दुखाई, युरिक एसिड बढेर हुने दुखाईको समस्या लिएर बिरामीहरु लेजर थेरापी आउने गरेका छन् । पछिल्लो समय गर्दन , मेरुदण्डको नसा च्यापिएर दुखाइ सहनै नस्कने अवस्थामा अस्पताल आउने बिरामीको संख्या बृद्धि भइरहेको छ ।
अहिलेको समयमा प्रायः सबैको घरमा एक जनामा मेरुदण्डको नसा च्यापिएर दुख्ने समस्या भएका व्यक्ति पाउन सकिन्छ । तर कुनै पनि दुखाई नशा च्यापिएरै दुख्छ भन्ने कमै मानिसलाई मात्र थाहा हुन्छ । नसा च्यापिएमा मांसपेशी, हड्डि, र मेरुदण्ड पनि सहभागि हुने गर्छ यी तिन वटा कुरा सहभागि भए भन्ने बिरामीलाई पिडा सहनै नसक्ने गरि दुख्न थाल्छ ।
कहिलेकाहि मासंपेशीहरु विना कारण दुख्ने गर्छ । यो दुखाइलाई केहि दिन आराम, व्यायम वा थेरापीबाट ठिक गर्न सकिन्छ । धेरै जसो दुख्ने हड्डि खिएर , मासंपेशि कमजोर भएर , मेरुदण्डको बिचको हड्डिको भागमा इन्टरभटिब्रल डिस्क प्रोल्याप अड्किनु पर्ने वासर डिस्क पातलो भएर च्यापिएर, सुकेर अथवा फाइब्रोसिस भएर बिग्रिएर मेरुदण्डको नसाको भागबाट पसेर जान्छ भने चाहि धेरै पिडा हुने हो ।
जसलाई हाल सम्म शल्यक्रिया गरेर निकाल्ने भनिएको छ । तर अहिले यसलाई लेजर विकिरणबाट पनि उपचार गर्न सकिन्छ । पहिले पहिले शल्यक्रिया गरेर पनि फेरि बल्झिएर उपचार गर्न आएका बिरामीहरुको संख्या बढ्दो छ । कतिपय बिरामीहरु धेरै वर्ष पहिले बाट नसा च्यापिएर पनि आउने गरेका छन् ।
गर्धनको नसा च्यापिदा देखिने लक्षण
हात माथि नजाने ,
राती सुत्दा पुरै शरिर झमझमाउने, पोल्ने ,
हातहरु कमजोर भएर एउटा गिलास पनि उठाउन नसक्ने ,
थोरै लेखेपनि हात गल्ने
कम्मरको नस्सा च्यापिदा देखिने लक्षण
दिसापिसाब गर्न गाह्रो हुने ,
बस्न र उभिन गाह्रो हुने ,
हिड्न गाह्रो हुने ,
सुतेको समयमा उत्टेकोल्टे पर्न नसक्ने
सिधा हिड्न गाह्रो हुने,
खुट्टाहरु पोल्ने, हिप्प दुख्ने
माथिका लक्षणहरु देखिदा घरमै केहि उपचार र मालिसहरु गर्दा सन्चो नभएको अवस्थामा बैकल्पीक उपचारका लागि लेजर थेरापीलाई लिन सकिन्छ । बिना शल्यक्रियाबाट एउटा लेजर विकिरणको एउटा कोर्स पुरा गरेपछि नै झन्डै ७० देखि ८० प्रतिशत सन्चो भयो भन्ने बिरामीहरु धेरै छन् ।
विकिरणबाट उपचार कसरी गरिन्छ ?
शुरुमा त बिरामीलाई के भएको छ भनेर रोगको पहिचान गर्न धेरै आवश्यक हुन्छ त्यसकारण बिरामीले कुनैपनि अंग दुख्यो भनेर आएपछि हामी आवश्यकता अनुसार एक्सरे वा एमआरआइ गर्न पठाउछौं यो सबै रिर्पोटको आधारमा कुन अंग बिग्रेको छ वा के मा असर गरेको छ पहिचान गर्नु पर्छ । बिग्रिएको मुख्य भागमा लेजर विकिरण दिनु पर्छ यदि त्यसको वरपरको भागलाई पनि असर गरेको छ भने त्यसमा पनि लेजर विकिरण दिन आवश्यक हुन्छ ।
लेजर विकिरण छालाको माथिल्लो भागबाट दिइन्छ यो विकिरण छालाको ४ देखि ६ सेन्टी मिटर भित्र सम्म जान्छ । भित्र जुन कारणले दुखेको हो वा नस्सा च्यापिएको हो जुन जुन भागमा कमि कमजोरी छ ती सबै भागलाई विकिरणले सन्चो बनाउदै लैजान्छ ।
यस सम्बन्धि समस्या कति पुरानो हो र कति दुखेको छ भनेर थाहा पाएपछि मात्र कति पटक लेजर विकिरण दिने भन्ने कुरा थाहा पाउँन सकिन्छ । जति छिटो बिरामी अस्पताल आउँछ त्यति नै कम विकिरणको डोज दिनु पर्ने हुन्छ । भने बिरामी जति ढिलो अस्पताल आउँछन् रोग पुरानो हुँदै गएपछि विकिरणको डोज पनि लम्बीदै जान्छ ।
बर्षौ देखि नसा च्यापिएको छ जहाँ उपचार गरेपनि सन्चो भएको छैन भने त्यस्ता व्यक्तिलाई ३ देखि ५ वटा कोर्स पुरा गर्नुपर्ने हुन्छ । पहिलो कोर्स २०- २० दिन र पछिल्लो कोर्स १०-१० दिन गरेर पाँच बटा कोर्स पुरा गरेपछि रोग ९० देखि १०० प्रतिशत नै निको भएको पनि छ ।
लेजर विकिरण दिइसकेपछि चिकित्सकले कुनैपनि काम गर्दा रोग फेरि पनि बल्झिन सक्छ भनेका छन् भने त्यो सबै कुरा पछ्याउदै गएपछि पुनः रोग नफर्किन सक्छ । तर सल्लाह नमानेर त्यहि काम गर्छ भने जुन सुकै रोग भएतापनि एक पटक लागेर फेरिपनि लाग्दनैन भन्न सकिदैन त्यसकारण उपचारपछि पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।
लेजर विकिरण शरीरमा पुग्दा पर्ने असर केहि छ ?
लेजर थेरापी चालिस वर्ष लगाएर निकालिएको हो र मानव शरीरमा प्रयोग हुन थालेको पनि चालिस वर्ष नै भयो । लेजर विकिरणले यो समय सम्म कसैको शरीर र छालामा कुनैपनि किसिमको असर पुर्याएको रिर्पोट आएको छैन् ।
हामीले प्रयोग गर्ने डायोद लेजर भन्नेको कम इन्टेनसिटिको लेजर विकिरण हो । जुन आँखाले देख्न सकिने र नसकिने दुबै हुन्छ । लेजर विकिरणबाट तातो चिसो नआउने भएकोले छालामा त्यस्तो कुनै असर पर्दैन उल्टो यसले छालामा आउने घाउ, फुटेको ठाँउ आगोले पोलेको दागहरु पनि सन्चो पार्न मद्दत गर्छ ।
कुनै व्यक्ति शारीरिक रुपमा स्वस्थ्य हुनका लागि व्यायम गर्नुपर्ने हुन्छ । भने मानसिक रुपमा स्वस्थ्य रहनका लागि योग, ध्यान गर्नुपर्ने हुन्छ । साथै स्वस्थ्य बन्नका लागि स्वस्थ्यकर खाना खानु पनि उतिकै आवश्यक हुन्छ । यदि यी तिन कुरा शरीरले पायो भने आफुलाई स्वस्थ्य राख्न सकिन्छ ।
(डा. बैद्य स्त्री रोग तथा नेपालकै पहिलो लेजर थेरापी बिशेषज्ञ हुन् । )