काठमाडौं- निमोनिया फोक्सोमा हुने एक समस्या हो । सामान्यतया फोक्सोमा किटाणु वा भाइरसको संक्रमण र ब्याक्टोरियल इन्फेक्सनका कारण निमोनिया हुने गर्दछ ।
फोक्सोमा घाउ भई खोकि लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या उत्पन्न भएमा निमोनिया भएको मानिन्छ ।
निमोनिया बिशेषत बालबालिका तथा वृद्धवृद्धाहरुलाई हुने गर्दछ । उनिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका कारण निमोनियाको उच्च जोखिम हुन्छ । साथै धुम्रपान, मद्यपानको सेवन, प्रदुषण, र लामो समयदेखिको डायबेटिज, क्षयरोग र क्यान्सर भएका बिरामीलाई निमोनियाको सम्भावना उच्च रहन्छ ।
निमोनिया भएमा खकारमा रगत देखापर्ने, सास फेर्न समस्या हुने, खोकि लाग्ने र ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।
उपत्यका लगायत ग्रामिण भेगमा विभिन्न कारणले भइरहेको प्रदुषणका कारण रुघाखोकिका बिरामीको सख्या बढ्दै छ । हाल बिराट मेडिकल कलेजमा श्वासप्रश्वास सम्बन्धि समस्या लिएर उपचारका लागी आएका ६० प्रतिशत भन्दा बढि बिरामीलाई निमोनिया भएको पाईएको छ । उनिहरु २ हप्ता अघिदेखि ज्वरो र रुघाखोकि लागरे सन्चो नभएपछि अस्पताल आउँछन् ।
निमोनिया बिशेषगरी अव्यवस्थित जिवनशैलिले निम्त्याइरहेको हुन्छ । धुम्रपान मद्यपान, अस्वस्थ्यकर खानपान र चिसोका कारणले हुने गर्दछ । तर पनि उनिहरुले धुम्रपान पनि सेवन गरिरहेका हुन्छन् ।
सामान्य निमोनिया वा ब्रोनकाइटिस भएमा ज्वरो र खोकि लाग्न सक्छ । यस्तो अवस्थाका बिरामीलाई बाहिरंग विभाग ९ओपिडि० बाट नै सेवा दिएर आवश्यक एन्टिबायोटिकको सल्लाह दिने गरिन्छ । साथै चिसो धुँवा धुलोबाट बच्नु पर्छ । जिवनशैलिमा बिशेष ध्यान दिनुपर्छ, र चिकित्सकको सल्लाह अनुरुप एन्टिबायोटिक समयमा नै सेवन गनुपर्छ ।
धरैजसो बिरामीहरुले सुरुमा फार्मेसिबाट जथाभावि औषधिहरुको प्रयोग गरिसकेका हुन्छन् । यस्ता औषधिको सेवनले नै निमोनियाको जोखिम बढाएको हुन्छ । बिरामीहरुले शंकाको आधारमा परिक्षण नगराई औषधि सेवन गरेमा भविष्यमा जटिल समस्या निम्त्याउन सक्छ ।
बिरामी सिकिस्तै भई सास फेर्न गाह्रो वा अक्सिजनको क्षमता एकदम कम भएमा अस्पताल नै भर्ना गरेर उपचार गरिन्छ । हालको अवस्थालाई हेर्ने हो भने सिकिस्तै भई अस्पताल आएका बिरामीहरु मध्ये ५० प्रतिशतलाई आकस्मिक कक्षमा नै राखेर उपचार गराउनुपर्छ ।
निमोनियालाई समयमा नै नियन्त्रण नगरे पुरा शरीरमा फैलन सक्छ । साथै ज्यान नै जोखिममा पर्न सक्छ । सुरुवाती लक्षण देखापर्दा उपचार नगराएमा खकारमा रगत जाने र भविष्यमा दमको समस्या हुने हुन्छ । फोक्सोमा घाउ भएमा फोक्सो भरी दाग बस्ने सम्भावना बढि हुन्छ । जसका कारण भविष्यमा पटक पटक निमोनिया भइरहने खकारमा रगत देखापरिरहने हुनसक्छ । साथै सास फेर्न पनि समस्या हुन सक्छ ।
बालबालिकाहरुमा इम्युन सिस्टमको विकास भइरहेको हुन्छ । त्यसैले उनिहरुलाई निमोनियाको जोखिम बढि हुन्छ । यो समयमा निमोनिया भएमा धेरै समस्या हुन्छ । भने ६० बर्ष नाघेका बृद्धबृद्धाहरुसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर भइरहेको हुनाले निमोनियाले सहजै समात्ने गर्छ । त्यसैले निमोनिया हुने सम्भावना धेरै भएका व्यक्तिहरुलाई निमोनिया बिरुद्धको खोप लगाउन सल्लाह दिइन्छ ।
निमोनिया नै हुन नदिने खोप नभएपनि, अस्पतालमा भर्ना भएरै बस्नुपर्ने अवस्था नियन्त्रणका लागी खोप दिइने गरिन्छ । निमोनियाको जोखिम भएका दम, मिर्गौला, क्यान्सर र मधुमेहका बिरामीहरुले निमोनियाको खोप लगाउदाँ राम्रो हुन्छ । धुम्रपान, मद्यपान गरिरहेका व्यक्तिहरुले पनि यो खोप लगाउन आवश्यक छ ।
आउदो ३ बर्षमा निमोनियाको दर घट्ने देखिन्छ । किनकि जनचेतना अभावका कारण निमोनिया बिरुद्धको खोप खासै प्रयोगमा आउन सकेको छैन । यसबारे सचेतना बढाउन सके नियन्त्रण गर्न सहज हुन्छ ।
निमोनिया हुन नदिनका लागी स्वस्थ्यकर जिवनशैलीका साथै व्यायम गनुपर्छ । वायु प्रदुषणबाट जोगिनका लागी प्रदुषण नियन्त्रण मास्क को प्रयोग गरे निमोनियाको खतराबाट जोगिन सकिन्छ ।
(छाती रोग विषेशज्ञ डा. पुरु कोइरालासँगको कुराकानी । उनी बिराट मेडिकल कलेजमा कार्यरत छन् ।)