नियमित दिसा नभएमा पेट फुल्लिने, डम्मा भएर उकुसमुकुस हुने, खाना खाएपनि नखाए पनि पेट एकदम भारी भएर केहि काम गर्न जाँगर नलाग्ने जस्ता समस्याको सिकार प्राय हामी सबै बनेका छौँ। पेट सन्चो नहुनले काहिलेकहीं रिंगटा लाग्ने, बान्ता हुने र अमिलो डकार आउने जस्ता आम समस्याहरु देखा पर्छन्। पेटसम्बन्धी बिमारीले बेडमै थला समेत पार्छन् ।
आज हामी धेरै दिन देखि पेट भित्र जमेर बसेको जस्तो सुकै दिसालाई पनि निकाली पेटलाई सफा र स्वस्थ बनाउने अचुक घरेलु औषधी बताउन गइरहेका छौँ। जुन १०० प्रतिशत प्राकृतिक, लाभदायी र यसले जस्तो सुकै दिसा या कब्जियतलाई पनि जडदेखि निकाल्न मद्धत गर्छ।
यस्ता छन् विधि:
१.पहिलो विधि:
यसका लागि चाहिने सामग्रीहरुमा जीरा, ज्वनो, धनियाँ, कालो नुन, बेसार, सोँठ, पुदिना बनाउने विधिस् सुरुमा एउटा प्यान वा कराईमा दुई चम्चा जीरा र दुई चम्चा ज्वानो राखें । अब ग्याँसलाई सानो बनाएर यी सामग्रीलाई १-२ मिनेट सम्म भुट्ने । त्यसपछि यसमा एक चम्चा धनियाँको दाना राखेर यसलाई २ मिनेटसम्म सेक्ने अर्थात् भुट्ने । भुटीसकेपछी यी सामग्रीहरुलाई ब्लेन्डर ९द्यभिलमभच० मा पिसेर पाउडर बनाउने । अब पाउडर बनिसकेपछि यसमा आधा चम्चा कालो नुन, आधा चम्चा बेसार, एक चम्चा सोँठ पाउडर, एक चम्चा सुकेको पुदिनाको पातको पाउडर हालेर यी सम्पूर्ण सामग्रीलाई मिसाउने ।
एक गिलास तातो पानीमा एक चम्चा यो औषधी मिसाएर दश मिनेटका लागि राख्ने। १० मिनेट पछी यो पानी चिसो भएपछी पिउने । रातीको खाना खाएपछी यो ड्रिंक पिउने । रातिमा यो औषधी सेवन गरेर सुतेपछी बिहान उठ्दा तपाइँको पेट पूर्ण रुपमा सफा हुन्छ र एकदम हल्का महसुस हुनेछ । लगातार यसको सेवनले कब्जियतको समस्या पनि पुरै समाधान हुन्छ ।
२. दोस्रो विधि बिहानको लागि:
एक गिलास हल्का तातो पानीमा एक चम्चा क्यस्टर ओइल, आधा कागतीको रस र थोरै नुन मिसाएर बिहान खाली पेटमा पिउने । यसलाई पिउनु भन्दा अगाडी एक गिलास साधा पानी पिउनुहोस्। यो ड्रिंक पिएको करिब ज्ञछ देखि २० मिनेटमा यसको असर देख्न सुरु हुन्छ। त्यसपछि जब तपाइँ चर्पी जानु हुन्छ, खुलेर दिसा हुनुका साथै पेट एकदम सफा पार्छ ।
यसका साथै बिहान खाली पेटमा वा बेलुकाको खाना पछी मेवा खानाले पनि पेट एकदम सफा हुन्छ। नोट: एक पटकमा एउटा मात्र विधि प्रयोग गर्नुहोस् । यो विधिलाई हप्ताको २ या ३ पटक मात्र प्रयोग गर्नुहोस्। यसलाई दैनिक उपयोग गर्दा शरीरमा कमजोरी आउन सक्छ त्यसकारण २र३ दिन बिराएर मात्र सेवन गर्नु होस्। यदि तपाईं केहि औषधी खाँदै हुनु हुन्छ भने औषधी खाएको करिब दुई घण्टा सम्म यी घरेलु उपचारको प्रयोग नगर्नुहोस्।
पेट सफा गर्नको लागि पानी प्रशस्त पिउने, फाइबर बढी भएको भोजन सेवन गर्ने, खानालाई चपाई चपाई खाने, र बिस्तारै खाने गर्नु ।