काठमाडौं- उपत्यकामा मंगलबारबाट २५ सिटभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु जोरविजोर प्रणालीमा सञ्चालन हुने भएका छन्।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म २५ सिट क्षमतामाथिका बस सञ्चाल गर्न पाईने भएको छ ।
सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी ठूला बस सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवर्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने जिल्ला अधिकारी पराजुलीले बताए ।
त्यस्तै सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, बीउबीजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधनहरु निर्बाध रुपले सञ्चालन गर्न पाउने भएका छन्।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले २१ असारसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।