काठमाडौं– कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत कोरोना उपचारका लागी नेपाल सरकारले तोकेका धेरै अस्पतालहरु भरीभराउ थिए । शैय्या अभाबका कारण बिरामीहरुलाई उपचार गर्न समेत निकै कठिन थियो । कतिपय संक्रमितहरुले समयमै उपचार पाउन नसकेर ज्यानै गुमाउनु पर्यो ।
बिस्तारै कोरोना संक्रमित संख्यामा कमी आएसँगै अस्पतालमा बिरामीको चापमा पनि कमी आएको छ । सुरुवाती चरणबाटै कोभिड संक्रमितहरुको उपचारमा अग्रपंक्तिमा रहेको सरुवा रोग अस्पतालमा केहि दिन पहिलामात्र बिरामीहरु थेग्न नसक्ने अवस्था थियो । तर अहिले अस्पताल सुनसान छ ।
एक सातायता नेपालमा कोरोना संक्रमित दरमा कमी आएसँगै अस्पतालमा उपचार गर्न जानेको संख्यामा पनि कमी आएको विशेषज्ञहरु बताउँछन् ।
केहि दिन पहिलामात्र अस्पतालमा बिरामी खचाखच थिए तर अहिले अस्पताल आउँने बिरामीको संख्यामा कमी हुँदै आएको डा. अनुप बास्तोलाले बताए ।
उनले भने, ‘ अहिले यस टेकु अस्पतालमा जम्मा ६२ बिरामीको उपचार भइरहेको छ। यो संख्या भनेको हाम्रा लागि धेरै कम हो ।
डा. बास्तोलाका अनुसार, अस्पतालको आइसीयूमा १९ जना, क्याबिनमा ५ जना, जेनरल वार्डमा २९ जना, इमरजेन्सीमा ९ जना गरी ६२ जना बिरामीको उपचार भइरहेको छ।
डा.बास्तोला भन्छन्, संक्रमणदरमा कमी आएपनि सरकारले खुकुलो गराएको निषेधाज्ञाका कारण संक्रमण दर दुई–तीन हप्तामा बढ्न सक्छ । सरकारले मंगलबारबाट खुकुलो गरिएको निषेधाज्ञाका कारण मानिसहरु जथाभावि बाहिर निस्कने, भिडभाड गर्ने र जनस्वास्थका मापदण्डको सही तरिकाले पालना नगर्न सक्छन्। जसका कारण पुन कोरोना संक्रमितको संख्यामा बृद्धि हुन सक्छ ।
त्यसैले, कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क लगाउने, दूरी कायम गर्ने र हातको सरसफाईमा ध्यान पु¥याउने कुरामा उनले जोड दिए ।
हाल दैनिक जसो २ हजार देखि २५ सय संख्या भित्रमा संक्रमितहरु थपिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । भने ४२ जना को मृत्यु भएको छ ।
तस्विर: