काठमाडौं - नवजात शिशु जन्मेपछि परिवारको ध्यान शिशुमा हुने गर्छ । तर शिशुलाई जस्तै सुत्केरी आमाको पनि स्याहारसुसार गर्नुपर्छ । शिशु जन्मिएको एक हप्ताभित्र सत्केरी आमाको हेरचाह ध्यान दिनुपर्ने केहि उपायहरु यसप्रकार रहेका छन् ।
- सुत्केरीको योनीमा सक्रमण हुन नदिन योनीमा केहि चिज राख्न वा सम्भोग गर्न हुदैँन ।
- सुत्केरी महिलाले कम्तिमा ६ हप्तासम्म आमाले आराम गर्नुपर्छ ।
- शिशु जन्माएको एक हप्तासम्म नुहाउन नसके पनि यौनांगहरु सधैँ सफा राख्नुपर्छ ।
- सुत्केरी आमाले साविकको भन्दा बढि खाना खानुपर्छ । यो समयमा माछा, मासु, गेडागुडि, सागसब्जि खाएमा सुत्केरी तग्रन र तागत ल्याउन सहयोग पुर्याउँछ । तर यो समयमा मद्यपान गर्नुहुदैन ।
- यो समयमा प्रशस्त झोलिलो पदार्थ पिउनुपर्छ ।
- ६ महिना अघिका शिशुलाई स्तनपान मात्र गराउनुपर्छ ।
- यदि शिशु जन्मदा योनीमा घाउ भएको छ भने यसलाई सफा राख्नुपर्छ । तातोपानीले कपडा भिजाएर सेक्ने र मह लगाउने गर्नाले घाउ छिट्टो निको हुन मद्धत गर्छ । यदि त्यो घाउ ज्यादै पोल्छ भने पिसाब फेर्ने बेलामा योनीलाई पानीले चिसो पार्दा आराम हुन्छ ।