डा.अरुणा उप्रेती
काठमाडौं- बाटोमा हिंड्दा देखिने ‘हरियो पात’ पौष्टिकताले परिपूर्ण हुनसक्छ । लट्टे पनि फलिरहेको हुन्छ, गाउँघरका बाटोमा कर्कलो फलिरहेको हुन्छ, प्राय कसैले वास्ता गर्दैनन् । त्यसैगरी ‘नुन ढिके’ (कुल्फा) एक यस्तो वनस्पति हो, जसमा भएको पौष्टिकताको कारणले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई “धेरै उपयोगी औषधीय बोटहरूको सूचीमा समावेश गरेको छ ।
बगैंचामा, सडक किनारमा यतिकै फलिरहेको हुन्छ, हुन्छ । तर हामीलाई यसको प्रयोगको बारेमा जानकारी यसको प्रयोग गरिदैन थियो । तर बिस्तारै यसको बारेमा जानकारी भएकाहरूले अहिले बगैंचामा रोप्न थालेका छन् । यो एकचोटी रोपेपछी आफै फैलिदै जान्छ, धेरै स्याहार पनि चाहिन्न ।
कुल्फाको पात सानो, बाक्लो र गोलाकार हुन्छ । यसको डाँठ र पातहरू रसिलो र भरिलो हुन्छन् । यसको फूलहरू धेरै सानो पहेलो रंगको हुन्छ । युरोप तिर भने कुल्फाको साग लोकप्रिय छ ।
मानिसहरूले यसलाई सलादका रुपमा खान्छन् । यसलाई अन्य तरकारीहरूसँग मिसाएर वा मासुसँग पनि खाइन्छ ।
यो देशको बिभिन्न क्षेत्रहरुमा यसको बिभिन्न नामहरु छ । ‘कुल्फा’ बंगाली, गुजराती– मोती, हिन्दी र पंजाबी – कुल्फा, कन्नड़ मराठीमा घोल ९घोल०, उडिया – पुरुनि साग, तमिल – परप्पु केराई, तेलुगु बारा लोनिआ भनिन्छ ।
अंग्रेजीमा यसलाई purslane भनिन्छ , भिटामिनको बी, लौहतत्व, म्याग्नेशियम, क्याल्शियम र पोटेशियम , खनिज र रेशादार पदार्थ साथै भिटामीन ‘ए’ को राम्रो स्रोत हो । भिटामीन ‘ए’ ले शरीरमा रोगहरूसँग लड्ने शक्ति दिन्छ ।
हरियो तरकारीको तुलनामा यसमा ओमेगा, फ्याट्टी एसिडहरू बढी पाइन्छ । जसले मुटु स्वस्थ राख्छ । कुल्फामा घुलनशील रेशादार पदार्थ पाइन्छ । यसले मधुमेह, मोटोपना, कब्जियत कम गर्न मद्दत गर्छ । आयुर्वेदमा पनि यसको महत्व दर्शाइएको छ । आयुर्वेदका अनुसार यसले रगत शुद्ध पार्छ मृगौला स्वस्थ राख्छ ।
यस्तो विभिन्न पौष्टिक तत्वले भरिपूर्ण ‘नुन ढिके’ लाई बारीबाट ल्याएर सफा गरेर साग बनाएर, वा अन्य सागसँग मिसाएर खाँदा, बच्चाको खानामा हाल्दा धेरै फाइदा गर्छ ।
कम पानी र माटोमा, गर्मी मौसममा सहजैसँग उम्रन्छ । यसको फूलहरू साना, पहेंलो हुन्छ, डाँठ कम हुन्छन् । यसमा क्यालोरी धेरै कम हुन्छ । यो जनस्पतिको डाँठ ल्याएर गमला वा बारीमा रोपेपछि यो आफै झांगिदै जान्छ ।
सहजै, फुल्ने, धेरै स्याहार नचाहिने, अनेक सुक्ष्म पोषक तत्वले भरिपूर्ण यो ‘नुनढिके’ सस्तोमा प्रकृतीले दिएको एक वरदान हो । सानो बालबालिका देखि वृद्ध बृद्धासम्मलाई यो साग बनाएर, तरकारीमा मिसाएर, सुप बनाएर, सलादमा हालेर खान सकिन्छ । यस्तो वनस्पतिलाई अपहेलना गर्ने होइन, भान्छामा प्रयोग गर्ने हो ।