काठमाडौं- थुप्रै औषधीय गुणले भरिपूर्ण वनस्पति हो तुलसी । आयुर्वेदमा यसको खास महत्व छ। त्यसैले तुलसीलाई पुज्ने गर्छौं, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ। तर धेरैलाई थाहा नहुन पनि सक्दछ की तुलसीको पातले साइड इफेक्क पनि गर्छ। यस्तो अवस्थामा तुलसीको पात नखानुहोस् ।
गर्भवती महिलाका लागि ठीक हुदैंन
तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ। यतिसम्म कि कुनै९कुनै अवस्थामा त गर्भपात अर्थात गर्भ नै तुहिनेसम्म हुन सक्दछ। तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्व रहने गर्दछ जसले गर्भासयमा असर पुर्याउने गर्दछ।
मधुमेहका बिरामीले पनि तुलसी नखाऔं
विभिन्न किशिमका अध्ययनहरुका अनुसार तुलसीको पातहरुको सेवनले रगतमा चिनीको मात्रा कम हुन जान्छ। मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ। औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ।
फर्टिलिटीमा समस्या
हुनत यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहेपनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरुमा उनीहरुको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ। तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ।
रगत पातलो बनाउँछ
तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ। यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ। यसकारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ।
कलेजोलाई असर पर्न सक्छ
डब्लुएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन्। यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्दछ। एजेन्सी