स्वर्गादपि गरियसी"
यसै भनाईलाई आत्मासाथ गर्दै महिला एक सृष्टिकर्ता हुन् जसले एक शिशुलाई ९ महिला कोखमा राखि हजारौं दुःख कष्ट गरेर उक्त्त शिशुलाई जन्म दिन्छिन् बदलिदो समय सँगै हरेक कुराहरु परिर्वतन भईरहेको छ । यसैगरि बच्चा जन्माउने तरिकामा पनि त्यतिकै फरक आएको छ । अहिलेको अवस्थामा विभिन्न कारणले गर्दा महिलाहरुले सामान्य भन्दा अप्रेशनगरी बच्चा जन्माउनेको सख्या दिनप्रतिदिन बढ्ेदै गईरहेको छ । के अप्रेशन गरेर बच्चा जन्माउनु राम्रो हो ? अप्रेशन पछि के कुरामा ध्यान दिनु पर्दछ ? यस्तै विभिद जिज्ञासाहरुलाई मेटाउनका लागि स्त्रीरोग विशेषज्ञ डा.नुतन शर्मा सँग गरेको कुराकानी :
आजभोली प्राय: जसो महिलाले नर्मल भन्दा अप्रेशन गरेर बच्चा जन्माउछन् यो कुरा कतिको सत्य हो ?
त्यस्तो त खासै केहि छैन तर आजभोलि पहिलेको तुलनामा गर्भवति महिलाले नर्मल भन्दा अप्रेशन गरेर बच्चा जन्माउछन् । मलाई यस्तो लाग्छ अहिलेको मानिसहरु अलि परिबर्तन भएका छन् ।
म एउटा टेस्ट ट्यूब बेबी कोविशेषज्ञ हो । म उच्च गर्भावस्थाको समस्या हरु बढी हेर्दछु , कसैलाई अनियन्त्रित मधुमेह हुन्छ । त्यस्तो जटिल अबस्थामा अप्रेशन गरिन्छ ।
मधुमेह र उच्च गर्भावस्था भएका बिरामीहरुले प्राय जोखिम लिदैन् चाहादैन्न् त्यसैले अप्रेशन गरिन्छ । तर अप्रशेन गरेर बच्चा जन्माउनु भन्दा नर्मलरुपमा बच्चा जन्माउदा स्वास्थ्यका दुष्टिले राम्रो मानिन्छ ।
त्यसै गरि गभर्वति महिलाको अवस्था सामान्य नभएको खण्डमा अप्रेशन गरेर बच्चा जन्माउन आवश्यक हुन्छ ।
नर्मल बच्चा जन्माउनु र अप्रेशन गर्नुमा के फरक छ ?
फरक त धेरै छ , नर्मल बच्चा जन्मेपछि बिरामी आफैले आफनौ कामहरु सजिलै सँग गर्न सक्दछ खानपानमा पनि पुर्णरुपले खान मिल्छ । सक्छ । आफ्नो जिवन जिउने प्रक्रियामा छिटै् फर्किन सक्छ । तर अप्रेशन गरेको महिलालाई दैनिक आफना कामहरु गर्नुको लागि अलि समय लाग्छ ।
अप्रशन गरेर बच्चा जन्माएको महिलालाई नर्मल भन्दा बढि आरामको आवश्यकता पर्दछ । यो पनि हो कि नर्मल बच्चा जन्माउदा १२ देखि १४ घण्टा बेथा पनि लाग्छ जसलाई सहन नसकेर अप्रेशन गरिन्छ ।
अप्रेशन गर्यो भने त्यो पिडा हुदैन तर अप्रेशन गरेको घाउ भने लामो समय सम्म २ देखि ३ दिन सम्म दुख्छ ।
अप्रेशन गरेर बच्चा जन्माउनुको मूख्य कारण के होला ?
अप्रेशन गरेर बच्चा जन्माउनुको धेरै कारण्हरु छन् । जस्तैः कुनै गर्भवति महिलाको बच्चा उल्टो छ त्यस्तो समस्या भयो भने पनि अप्रेशन गर्नुपर्दछ ।
२ वटा बच्चा भैसकेको छ फेरि पनि बच्चा उल्टो छ वा पहिला पनि अप्रेशन नै गरेर बच्चा जन्मिएको छ भने सो महिलाको अप्रशेन गरेर बच्चा जन्माउनु पर्छ , वा बच्चा जनाहा परेको छ , बच्चाको नाबि पाठेघरको द्धारा मै गएर बसेको छ त्यस्तो अवस्थामा नर्मल डेलिभरि हुदैन वा बच्चाको विकासमा असर पुग्दछ ।
यस्तो अवस्थामा बिरामीलाई १२ देखि १४ घण्टाको बेथा लाग्न सक्दछ र पिडा सहन नसकेको खण्डमा त्यस्तो महिलाको अप्रेशन गर्न आश्यक पर्दछ ।
नर्मल डेलिभरि पश्चात यौन सन्तृष्टि केहि कमि आउँछ कि आउँदैन ?
अवश्य पनि नर्मल डेलिभरी हुने समयमा जुन यौनि १.५२ सेमी को मात्र हुन्छ जो च्यातिएर ३,४ कि लो को बच्चा निस्किन्छ । त्यसैले कतिपय महिलाहरुले आफनो श्रीमानले यौन सन्तृष्टिमा कमि आएका गुनासा गरेको बताउछन् ।
अप्रेशन गरेर बच्चा जन्माए पछि अर्को बच्चा जन्माउन कति वर्ष कुर्नु पर्छ ?
कम्तीमा २ वर्ष पछि बच्चा जन्माउदा आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ ।
कति पटक सम्म अप्रेशन गरेर बच्चा जन्माउन सकिन्छ ?
३ पटक सम्म भनिन्छ तर कतिपय घटनाहरू मा ४ पटक सम्म पनि अप्रेशन गरिन्छ ।
डेलिभरिको कति समय पछि यौन सम्पर्क राख्न सकिन्छ ?
प्राय डेलिभरि भएको पछि ६ हप्ता सम्म आराम गर्नु पर्दछ । ६ हप्ता भनेको सुत्केरीको समय हो । जसमा पाठेघर पहिलेको स्थानमा आउन करिब ६ हप्ता लाग्दछ । शरीरको सबै अङ्गहरु नर्मल अवस्था मा आउछ । त्यस पछि यौन सम्बन्ध राख्न ठिकै हुन्छ ।
अप्रेशन गरेर डेलिभरि गर्नु र नर्मल डेलिभरि गर्नुमा के के फाइदाहरु छन् ?
नर्मल डेलिभरिको फाइदा भनेको त्यही हो आफ्नो काममा छिटै फर्किन सकिन्छ । सबै कुरा, आफ्नो जिवन नर्मल तरिकामा जिउन सकिन्छ । नर्मल डेलिभरिमा कुनै सीमाहुदैन जति पनि बच्चा जन्माउन सकिन्छ । यो चाहि नर्मल डेलिभरीको फाइदाहरु हुन र बेफाइदा २,३ रहेका छन् ।
अप्रेशन गरेर बच्चा जन्मियो भने महिलामा आङ्ग खस्ने समस्या ज्यादै कम हुन्छ । नर्मल डेलिभरि भएका महिलाहरुका श्रीमानले यौन कार्यमा असन्तृष्टि भएको भन्दै कतिपय महिलाहरु भजाइना टाइट गर्नको निमित्त टाका लगाउन आउने गर्दछन् ।
अप्रेशन गरेर बच्चा जन्माएका महिलाहरुले के के कुरामा ध्यान दिनु पर्छ ?
अप्रेशन गरेको महिलाहरुले सक्दो आराम गर्नुपर्दछ । ३ महिना सम्म भारि काम नगर्ने अरु नर्मल कार्य गर्न सकिन्छ ।
डाक्टर भएको नताले कुन तरिका बटा बच्चा जन्माउन सल्लाह दिनु हुन्छ ?
डाक्टर भएको नाताले म सबैलाई सकेसम्म नर्मल डेलिभरीनै गर्न सल्लाहा दिन्छु । नर्मल डेलिभरी आमा र बच्चा दुबैको लागी राम्रो हुन्छ । त्यसमा कुनै पनि किसिमको डर त्रास हुदैन । तर कतिपय अवस्थामा नर्मल डेलिभरीको सम्भावना नरहेको अवस्थामा आमा र बच्चा दुबैको ज्यान जोगाउनका लागि पनि अप्रेशन गर्न जरुरी हुन्छ ।
आजभोलि अप्रेशन गर्नुको मुख्य कारण भनेको विभिन्नखाले रोग तथा पिडा सहन नसकेर महिलाहरुले अप्रेशन गरेर बच्चा जन्माउन आग्रह गर्दछन् ।
डाक्टरले गर्ने उपचार त्यही हो तर बिरामीमा भर पर्छ । हामीले उहाँहरुलाई यसको फाइदा र बेफाइदा दुबै भनिदिएका हुन्छौं ।
अन्त्यमा हाम्रो गर्भवती दिदि बहिनीलाई के सुझाब दिन चाहनु हुन्छ ?
सुझाब भनेको यही हो कि समय मै डेलिभरी हुनु प¥यो, सहि उमेरमा बच्चा जन्मायो भने आमा र बच्चा दुबै स्वस्थ हुन्छ । स्वास्थ्यको राम्रो सँग ख्याल गर्नहोस् तथा सकेसम्म नर्मल बच्चा जन्माउन सुझाब दिन्छु ।