-झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा सन्चो हुन्छ ।
-अम्बा अत्यन्त स्वादिलो फल हो । यसमा आयुर्वेदिक औषधीय गुण पनि हुन्छ । फल मात्र नभएर यसको पात पनि औषधिका रूपमा प्रयोग गरिन्छ ।
-अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थाको अम्बा स्वस्थकर हुन्छ । आधा पाकेको अम्बाले पेटसम्बन्धी रोगका लागि फाइदा पु-याउँछ । पाकेको अम्बाले तागत बढाउनसमेत मद्दत गर्छ ।
-त्यसैगरी, पेट सफा गर्न, दाँतलाई बलियो बनाउन र भोक जगाउन अम्बा सेवन गर्दा हुन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसँग लड्ने क्षमता बढाउँछ ।
-दम, खोकी, वायु, गोला हुँदा यसको सेवन गरिन्छ । पेटमा चुर्ना परेका वेला, टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ । साथै, आउँरगत हुँदा पनि यसको प्रयोगले निको पार्छ ।
-झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।
-मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेटमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत गर्छ ।
-डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ । अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ ।
-अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ । अम्बाको ताजा पातलाई पिसेर डन्डिफोर भएको ठाउँमा लगाउनुपर्छ । नियमित रूपमा यसको प्रयोगबाट बिस्तारै डन्डिफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ ।