काठमाडौं - नेपालमा ५ बर्ष मुनिका बालबालिका तथा प्रजनन् उमेर समुहका महिलामा रक्तअल्पत्ताको समस्या बढि हुने गर्दछ । रक्तअल्पत्ता पोषण, खनिज, आइरन, लोहतत्वकको कमिले देखिने गर्दछ ।
यसको शिकार धेरैजसो महिलाहरु हुने गर्दछन् । महिनावारी हुने महिलामा खानेकुराबाट आवश्यक खनिज, आइरन, लोहतत्व पुर्ती गर्न नसके रक्तअल्पता हुने सम्भावना उच्च हुन्छ ।
पछिल्लो समयमा शरीर व्यवस्थापनका लागी डाइटिङ गर्ने महिलामा रक्तअल्पता अत्याधिक देखिएको छ । अनहेल्दि डाइटर प्यार्टनले गर्दा शरीरमा आइरनको कमि आउन सक्छ । लामो समयसम्म डाइटिङ गर्दा रक्तअल्पता हुने गर्दछ ।
डाइटिङ गर्दा पाचँ प्रकारका खाद्य तत्व मिसावट गरि थोरै मात्रामा खाइरहेको छ भने रक्तअल्पत्ता हुदैँन । तर अव्यवस्थीत तरिकाले डाइटिङ गर्दा खानेकुरामा आइरन परेन भने रक्तअल्पत्ता हुन सक्छ ।
पछिल्लो समयमा अनहेल्दि डाइटर प्यार्टनले महिलाहरु समयमा महिनावारी नहुने समस्या बढदै गइरहेको छ । रक्तअल्पत्ता हुन नदिनका लागी खानामा आइरन र लोहतत्व धेरै भएको खानेकुरा समावेश गनुपर्छ ।
आइरन बनस्पती र जनावरी स्रोत बाट प्राप्त गर्न सकिन्छ । जनावरीय स्रोतको तुलनामा बनस्पति स्रोतमा आइरन कम पाइन्छ । बनस्पति स्रोतबाट ३० देखि ३५ प्रतिशतमात्र आइरन प्राप्त गर्न सकिन्छ । भने जनावरीय स्रोतबाट ८० प्रतिशत प्राप्त गर्न सकिन्छ ।
बनस्पती स्रोतबाट पाइने आइरन शाहाकारी मानिसको लागी उपयुक्त हुन्छ । बनस्पति स्रोतबाट नै आइरन पु¥याउनका लागी खानामा सागपातका साथै भिटामिन सि (अमिलो पर्दाथ) प्रशस्त मात्रामा समावेश गर्नुपर्छ । जसले गर्दा शरिरमा सागपातबाट उपलब्ध हुने आइरन सहज रुपमा शोषण गरि उपयोग गर्न सकिन्छ । जनावरीय स्रोत अन्तगर्त अण्डाको पहेलो भाग, मासुमा प्रशस्त मात्रामा आइरन पाइन्छ ।
( प्रा. डा. जया प्रधानसँगको कुराकानीमा आधारीत )