काठमाडौं - तिहारमा भाई टिकाको समयमा अत्याबश्यक धार्मिक मान्यता बोकेको ओखर स्वास्थ्यको दृष्ट्रिकोणले पनि निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्छ ।
ओखरमा ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए, बि ६, बि १२, सि, डि, इ र के पाइने चिकित्सकहरु बताउछँन् । यसमा प्रोटिनका साथै क्याल्सियम, एन्टिअक्सिडेन्ट, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइने चिकित्सकको भनाई छ ।
ओखर सेवनका फाइदाहरु
एक दिनमा ४ – ५ वटा ओखरको सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ।
ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।
यसको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ ।
यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ ।
ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।
ओखरमा पाइने भिटामिन इ ले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।
ओखरमा पाइने पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्सले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।
ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छसुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ ।
महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनु उचित हुन्छ ।
ओखर रुघाखोकीको उपचारमा उपयोगी हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्दा खोकी ठिक हुन्छ ।
ओखरको बोक्रा पिसेर दाँत सफा गर्दा दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।
तातो दुधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ ।