नेपाली खानामा अचारलाई अत्यन्तै महत्वपूर्ण परिकार मानिन्छ। अचार बिनाको नेपाली खाना अपूरो जस्तै हुन्छ।
विभिन्न तरकारी तथा फलफूलबाट अचार बनाउन सकिन्छ। अचार बनाउनको लागि सबैभन्दा बढी प्रयोग गरिने मध्ये काँक्रो पनि एक हो। काँक्रोको अचार निकै स्वादिष्ट हुन्छ र दैनिक जीवन देखि विशेष दिनको लागि समेत यो परिकार तयार गरिन्छ।
काँक्रोको अचार बनाउनको लागि आवश्यक सामग्री :
काँक्रो, आलु, धनियाँ, तेल
खुर्सानी, नुन, बेसार, मेथी, तील , अमिलो
विधि :
काँक्रो र उसिनेको आलु काटेर एउटा भाँडोमा राख्ने। आफ्नो स्वाद अनुसार, काँक्रोको भित्री गुदी राख्न वा काट्न सकिन्छ।
प्यानमा तील भुट्ने । भुटीसकेपछि तीललाई धूलो बनाउने।
अब काँक्रो र आलु रखिएको भाँडोमा खुर्सानी, नुन, धनियाँ, तील राख्ने।
एउटा सानो भाँडोमा तेल तताउने र तातेको तेलमा मेथी, खुर्सानी, बेसार राख्ने।
अब त्यसलाई काँक्रो र आलु राखिएको भाँडोमा झान्ने र मिक्स गर्ने।