डा.बरुण कुमार शाह
काठमाडौं- सामान्य बोलिचालीको भाषामा ग्याष्ट्राइटिसलाई ग्याष्ट्रिक भन्ने गरिन्छ । खासमा ग्याष्ट्रिक भन्ने शब्द नै हुदैन । यो गतल बुझाइले ल्याएको शब्द मात्र हो । ग्याष्ट्रिक भन्ने रोग हुदैन तर ग्याष्ट्राइटिस चाहि रोग हो ।
आमाशयको भित्रको लाईनिङ हुन्छ त्यो लाईनमा हामीले खाने खाना जस्तै चिल्लो पिरो, औषधि, धुम्रपान र मद्यपान जस्ता खानेकुराहरुले गर्दा आमाशय सुनिने गर्छ । त्यसलाई नै ग्याष्ट्राइटिस भनिन्छ ।
प्रायः मानिसहरुमा ग्याष्ट्राइटिस खानाकै कारणले गर्दा मात्र हुन्छ भन्ने धारणा रहेको पाईन्छ तर यो सरासर गलत हो । नेपालीहरु ८० प्रतिशत ग्याष्ट्राइटिस हेलिको पाइलोरी ब्याक्टेरिया ईन्फेक्सनको कारणले हुने गर्छ । हामीले खाने खाना र पानीको माध्यम हुदै ब्याक्टेरिया पेट भित्र आफु बस्न मिल्ने ठाउँ खोज्छ र घर बनाएर आमाशयसँग जोडिएर बस्छ । यसले बिस्तारै आफ्नो लक्षणहरु देखाउदै जान्छ । खानाको पाइप हुन्छ त्यसमा गएर यसले सोइलिगं गराउँदा देखिने लक्षणलाई नै ग्याष्ट्राइटिस हो भन्न सकिन्छ ।
ग्याष्ट्राइटिस विभिन्न कारणले हुने गर्दछन् । यसलाई मुख्यतय तिन भाग (ईन्फेक्सन, औषधिको सेवन र जीवनशैली) मा विभाजन गरिएको छ ।
ईन्फेक्सन
नेपालको परिवेशमा हेर्दा ईन्फेक्सनको कारणले ग्याष्ट्रिक हुन्छ भन्ने एकिन तथ्याकं आज सम्म पत्ता लागिसकेको छैन । तर ७० देखि ८० प्रतिशत मानिसमा ग्याष्ट्राइटिस हेलिको पाइलोरी ब्याक्टेरियाको ईन्फेक्सनले हुने गर्छ ।
औषधिको सेवन
हामीले कहिलेकाहि शरीर दुख्यो, टाउको दुख्ने, हडिहरु दुख्ने, रगत पातलो बनाउँने औषधिहरु खाने गर्छौ त्यो गएर आमाशयको लाईनिङ्गमा बस्छ र ग्याष्ट्राइटिस गराउँन मद्धत गर्छ ।
जीवनशैली
त्यस्तै, अनावश्यक खानेकुराहरु जस्तै जाड रक्सी, जंकफूडहरुले पनि ग्याष्ट्राइटिस हुने गर्छ तर ग्याष्ट्राइटिस हुने मुख्य कारण भनेको खानपान भन्दा पनि ब्याक्टेरियाको ईन्फेक्सन नै हो ।
हाम्रो पेटमा पहिलाबाट नै ब्याक्टेरिया बसेर सुनिएको छ भने हामीले खाने चिल्लोपिरोले अझै समस्या निम्त्याउँन सक्छ । त्यसले गर्दा थोरै खाने बित्तिकै पनि पेट फुल्ने, दुख्ने डकार आउँने, अमिलो पानी जम्मा हुने हुन्छ ।
लक्षण
शरीर भित्र त्यो ब्याक्टेरिया हुने बित्तिकै लक्षण देखिन्छ भन्ने हुँदैन । यस रोगको लक्षण कस्तो अवस्थामा देखिन सक्छ भन्ने कुरा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ ।
प्राय जसो सबैमा ग्याष्ट्राइटिस भइसकेपछि देखिने लक्षणहरु निम्न प्रकारका छन्ः
पेट फुल्ने,
पेट दुख्ने,
पेट पोल्ने,
थोरै खाए पनि पुग्ने,
खाना नरुच्ने जस्ता लक्षणहरु देखिन्छन् ।
यसमा पनि उमेर समुह हुने गर्छ । ५० वर्ष भन्दा माथिको उमेर समुहका मानिसहरुमा कसैको परिवारको सदस्यमा ग्याष्ट्राइटिस क्यान्सरको हिष्ट्रि छ भने पनि सजक हुनु पर्छ । त्यस्तै, बिनाकारण तौल घटिरहेको छ, कतैबाट रगत बगेर रगतको कमी देखियो, उल्टि भइरहेमा यसलाई खतराको घण्टी मान्नु पर्ने हुन्छ । यस्ता खाले लक्षणहरु देखिदा सकेसम्म छिटो उपचार गर्नु पर्ने हुन्छ ।
ग्याष्ट्राइटिस हुने बित्तिकै मानिसको मृत्यु नै भईहाल्छ भन्ने हुदैन यसले अन्य समस्याहरु निम्त्याउँने सम्भावर्ना बढाउदै लैजाने हो । जस्तै, ग्याष्ट्राइटिस भएपछि अल्सर र अल्सर पछि क्यान्सर पनि हुन सक्छ ।
हामी सबैलाई थाहा छ कि ग्याष्ट्राइटिसको औषधि सजिलैसँग पसलहरुमा पाईन्छ । धेरैजसो मानिसहरुले पेटमा केहि समस्या देखिए वा ग्याष्ट्राइटिसका केहि लक्षणहरु देखिने बित्तिकै फार्मेसिमा गएर औषधि किनेर खाने गरेको पनि पाइन्छ । यो बानि एकदम गलत हो कारण नै पत्ता नलगाई जथाभावि रुपमा फार्मेसिमा गएर औषधि किनेर खानाले भविष्यमा नराम्रो रुप लिन सक्छ ।
ग्याष्ट्राइटिस ब्याक्टेरियाले भएको भए फार्मेसिबाट औषधि किनेर खाँदा केहि समयको लागि ठिक होला तर सधैका लागि सन्चो हुनका लागि इराइटिकल गर्नु पर्ने हुन्छ । ब्याक्टेरियाले गराएको ग्याष्ट्राइटिसको उपचार त छुट्टै हुन्छ । समयमै उपचार नगरि आफै घरमै औषधि किनेर खाँदा पछि गएर अल्सरको रुप लिने गर्छ ।
ग्याष्ट्राइटिसको समयमै उपचार गरिएन भने भविष्यमा आउँने समस्याहरुः
ग्याष्ट्राइटिस भउपछि सुरुमा सामान्य लक्षणहरु देखिने गर्छ । त्यसलाई बेवास्ता गरे ब्याक्टेरियाले भित्र भित्रै असर गर्दै घाउँ (अल्सर) बनाइ सकेको हुन्छ त्यो घाउँमा असर पुर्याउने जोखिम कारक तत्वहरु पटक पटक गए अल्सरले क्यान्सरको रुप पनि लिन सक्छ ।
लामो समयसम्म ग्याष्ट्राइटिससलाई बेवास्ता गरे भने भविष्यमा क्यान्सर पनि हुन सक्छ ।
कुनै व्यक्तिलाई अल्सर भइसकेको छ । सो व्यक्तिलाई क्यान्सर भएको छ वा छैन थाहा पाउनका लागी इन्डोस्कोपी गरेर सानो मासुको टुक्रा लिएर जाचँ गर्नु पर्ने हुन्छ ।
अल्सरका पनि प्रकारहरु छन् । तर प्रायः अल्सर हुदा क्रोनिक रुपमा पेट दुख्ने खाना रुचि नहुने , कालो दिसा आउँने, बान्ता आउँने, तौल घट्ने हुन्छ ।
ग्याष्ट्राइटिसको करण पत्ता लगाएर समयमै उपचार गर्न सकियो भने यसले निम्त्याउँने विभिन्न खाले समस्याहरुबाट बच्न सकिन्छ ।
हामीले यस्ता खाले समस्याहरु लाग्नै नदिनका लागि आफ्नो जिवनशैली परिर्वतन गर्नु पर्ने हुन्छ । खानाखानु भन्दा अगाडि सफासँग हात धुने, सफा पानी पिउँने, खाली पेट नबस्ने , थोरै थोरै पटक पटक खाइरहने, जंगफुडहरु नखाने, धुम्रपान मद्यपान नगर्ने, एसिडिटी घटाउनुपर्छ ।
अन्तमाः कुनै पनि स्वास्थ्यमा समस्या देखिरहेको छ भने सहेर बस्नु भन्दा जति सक्यो चाडो सम्बन्धित चिकित्सकलाई देखाउँनु राम्रो हो ।
( ग्यास्ट्रोलजी डा.शाह ब्लूक्रस अस्पतालमा कार्यरत छन् ।)