काठमाडौं - काजू हाम्रो शरीरको लागि धेरै लाभदायक फल हो। काजू एउटा सुख्खा फल हो । यसको प्रयोग धेरै प्रकारका मिठाईहरू बनाउन गरिन्छ। यो अन्य फलहरुको तुलनामा अलि महँगो हुन्छ ।
काजूमा म्याग्नेशियम, पोटेशियम, तामा, फलाम, जिंक र सिलियम जस्ता खनिजहरू हुन्छन्। जसले यसलाई धेरै पौष्टिक बनाउँछ। काजू दैनिक सेवन गरे यसका फाइदाहरु अनेक रहेका छन् । काजू खाँदा शरीरमा उर्जा प्रदान गर्छ । साथै रोगसँग लड्न पनि मद्धत गर्छ । त्यसले, केही मात्रा काजू दैनिक सेवन गर्नुपर्छ। काजू खानुका फाइदाहरु यसप्रकार छन् ।
अपचको समस्याबाट मुक्त हुन काजु सेवन गर्नुपर्छ । अपच भएमा केहि काजूलाई पानीमा पीसेर नुन हालेर खाएमा अपचको समस्यालाई कम गर्दछ।
काजू प्रोटीनयुक्त हुन्छ। दैनिक केही काजू खाएमा शारीरिक कमजोरी हराउन थाल्छ।
काजू दैनिक खाएमा हड्डीहरू बलियो हुन सक्छन्। यसमा म्याग्नीशियम हुन्छ जसले हड्डीहरूलाई बलियो राख्न मद्दत गर्दछ।
कुष्ठ रोगको रोकथामका लागि पनि काजू धेरै फाइदाजनक हुन्छ। कुष्ठ रोगमा काजूको तेलले मालिश गर्दा राहत हुन्छ। काजुको तेलले कुष्ठरोगले गर्दा छालाको खालीपन हटाउन मद्दत गर्दछ।
काजूले हाम्रो शरीरलाई स्वस्थ राख्ननका साथै शरीरको सुख्खापन पनि हटाउँछ। काजुको तेलमा दिनदिनै मालिस गर्दा शरीरको सुख्खापन हराई छाला नरम हुन्छ।
शरीरको बोसोको अभावका कारण, एक व्यक्तिलाई धेरै समस्या हुन सक्छ। यस समस्याबाट बच्न काजू उपयोगी छ। दैनिक केही काजू खाएमा शरीरमा बोसोको अभाव हुँदैन र शरीर स्वस्थ र ऊर्जावान रहन्छ।
काजूको दैनिक सेवनले शरीरलाई स्वस्थ मात्र बनाउँदैन तर दाँत कडा बनाउन सक्छ।
शरीरमा रक्तअल्पता हटाउनका लागि काजू लाभदायक हुन्छ। काजुको दैनिक सेवनबाट शरीरमा रगतको अभाव सजिलै हटाउन सकिन्छ।
(हिन्दि अनलाइन म्यागेजिन उपचारनास्खेबाट साभार)