किविको बाहिरी झुस न्युजील्यान्डको रास्टि्रय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो । सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।
नेपालको पनि विभिन्न उच्च भुभावमा यसको खेती गरिन्छ । जापानिज संस्था जाइकाले २०४३ सालमा किवीलदाई नेपाल भित्राएको मानिन्छ । किवीलाई विश्वकै उत्कृष्ट फलको रुपमा लिन्छ ।
– किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ ।
– किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्याउछ ।
– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ ।
– यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।
– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ ।
– यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ ।
-तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं ।
– किवीले अनिद्राको समस्या समाधाान गर्नमा पनि अहम भूमिका खेल्छ ।
– यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भबती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।
– किवीले पाचन प्रक्रिायमा पनि महत्वपूर्ण भुभिका निर्वाह गर्छ ।
किवीका दुई प्रकार
– किवी दुई प्रकारका हुन्छन् । एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी बिश्वभर लोकपि्रय छ ।
– किवीलाई जाम, जुस, स्मोथी, वाइन, केक, सलाद आदीको रुपमा प्रयोग गर्न सकिन्छ ।