काठमाडौं - हामी कुनै पनि फलफूल खाएर त्यस्को बोक्रा भने भने गर्छौ । हामी बुझ्दैनौं कि त्यो फालिएको बोक्राबाट स्वस्थ्यलाई कति फाइदा हन्छ भन्ने कुरामा हामी धेरै अनविज्ञ नै छौँ । यस्ता फालिने बोक्राहरुमा न्यूट्रिएट्स जस्ता एन्टीओक्सिडेन्ट पाइन्छ, जसले मानिसकोे सुन्दरता बढाउँन सहयोग गर्ने गर्दछ ।
तिनै फालिने बाक्राहरुलाई सुकाएर वा पानीमा घोलेर विभिन्न प्रयोगमा ल्याउन सकिन्छ । यसरी विभिन्न फलफूलका बोक्राहरुलाई प्रयोगमा ल्याउन सकिन्छ ।
कागतीको बोक्रा–कागतीको बोक्रामा बेकिङ सोडा हालेर हात–खुट्टामा घोट्नाले घामबाट डढेको वा कुनै पनि छालाको कालोपनालाई हटाउँन मद्दत गर्छे।
सुन्तलाको बोक्रा–सुन्तलाको बोक्रालाई सुकाएर पिसेर दही मिसाएर अनुहारमा लगाएर १५ मिनेटपछि धुँदा अनुहारमा चमक आउने गर्दछ ।
आलुको बोक्रा–आलुको बोक्रामा ब्लिचिङ्ग एजेन्ट्स हुने भएकाले यसलाई छालामा लगाउनाले घामको कडा किरणबाट बचाउँने गर्दछ ।
केराको बोक्रा–केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कने गर्दछ ।
ओखरको बोक्रा–ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा जति उमालेर त्यसको पेस्ट बनाएर कपालमा लगाउनले यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्ने गर्दछ ।
अनारको बोक्रा–अनारको बोक्रालाई सुकाएर पिस्ने, पिसेको बोक्रालाई पानीमा राखेर मनतातो बनाउने, त्यो मनतातो पानीले कुल्ला गर्नाले घाँटी दुख्ने समस्याबाट राहत मिल्ने गर्दछ ।
काँक्राको बोक्रा–काँक्राको बोक्रा छिलेर मसिनो पारेर पिसेर त्यसलाई १० मिनेट जति आँखाको तल्लो भागमा लगाएर धुने गर्दा ‘डार्क सर्कल’ केहीहदसम्म कम गर्न सकिन्छ ।
लसुनको बोक्रा–लसुनको बोक्रालाई पानीमा उमालेर त्यो पानीलाई मनतातो बनाएर कपाल नुहाउँदा कपाल बढ्ने गर्दछ ।