- डा हेमराज कोइराला
काठमाडौं - शरीर सक्रिय राख्नका लागि दैनिक पैदल हिड्न्पर्छ । पैदल हिड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने र्गदछ। शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणले समेत फाईदा हुन्छ । यो व्यायाम गर्नका लागि धेरै सामाग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन। गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।
- तौल कम गर्दछ।
- फोक्सोको कार्यक्षमतालाई बढाउँछ।
- प्रतिरक्षा प्रणालिलाई सशक्त बनाउँछ।
- चाडै बुढो हुनबाट बचाउँछ।
- क्यान्सर रोकथाममा मद्धत गर्दछ।
- मधुमेहलाई नियन्त्रण गर्दछ।
- मुटुलाई स्वस्थ राख्न मद्धत गर्दछ।
- खाना पचाउनमा सहयोग पु¥याउँछ।
- रक्तचाप नियन्त्रण गर्न मद्धत गर्दछ।
- मानसिक ताजगी महसुस गराउँछ।
- दीर्घ रोगहरूलाई जित्न मद्धत गर्दछ।
- मस्तिष्कघातको जोखिमलाई कम गराउँछ।
- तनाव कम गर्दछ।
- शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पु¥याउदछ।
- भेरीकोज भेन हुन दिदैन।
- विस्मृतिको समस्या चाडौ आउन दिदैन।
- खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्धत गर्दछ।
- राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ।
- जोर्नीहरूलाई जाम हुन दिदैन।
- उर्जावान बनाउँछ।
- दीर्घजीवी बनाउँछ।
- रचनात्मक बनाउँछ।