तास मन नपराउने कमै व्यक्ति होलान यो अत्यन्तै स्वादिलो परिकार हो । यो मिठो परिकार घरमै पनि मज्जाले बनाउन सकिन्छ । यदि तपाईंलाई सामान्य टिप्स भएको खण्डमा घरमै मज्जाले तास बनाउन सक्नुहुन्छ । तपाईंले मटन वा चिकेन दुवैको तास बनाउन सक्नुहुन्छ ।
सबैभन्दा पहिले मासु तयार पार्नुहोस् ।
कम्तीमा ३० देखि ३५ ग्रामसम्मको मासुको टुक्रा हुने गरी काट्नुहोस् ।
तास बनाउँदा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा मसला मिसाउँदा गर्नुपर्छ ।
कम्तीमा १ केजी मासुको लागि १–१ पाउ लसुन, अदुवाको टुक्रा कुट्नुहोस् ।
मिटमसला ३० देखि ४० ग्राम, गरम मसला ४० देखि ४५ र खुर्सानी ४० देखि ४५ ग्राम तयार पार्नुहोस् ।
नुन आवश्यकताअनुसार राख्ने र खुर्सानीलाई टुक्रा हुने गरी कुट्नुहोस् ।
कम्तीमा १ केजी मासुको लागि १५० एमएल तोरीको तेल राख्नुहोस् । अनि सबै कुरा भइसकेपछि मसला र मासु तेलमा भिजाई मज्जाले मिच्नुहोस् ।
अब मासुलाई तोरीको तेलमा मज्जाले भुट्नुहोस् ।
तास तयार भयो । आवश्यकताअनुसार झिकेर खान सक्नुुहुन्छ ।