काठमाडौं- हामी प्रायः गाईको दुधबाट बनाइएको घिउ खाइरहेका हुन्छौं । हामी खानाको स्वाद बढाउनको लागी घिउ खाने गर्दछौ तर हामीलाई गाईको घिउले कुनकुन रोगबाट बचाउँछ भन्ने कुरा थाहानहुन सक्छ । गाईको घिउलाई विभिन्न घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।
गाईको घिउ केवल खानका लागि मात्र नभएर औषधिका रुपमा तथा धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा समेत लिइन्छ ।
गाईको घिउ हाम्रो शरीरका लागि औषधिका रुपमा पनि प्रयोग लिइन्छ । गाईको घिउ खानाले धेरै रोगहरुबाट छुटकारा समेत पाउँन सकिन्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहनुका साथै शरीरमा शक्ति बढ्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाका रुपमा लिने गरिन्छ । त्यसकारण गाईको घिउ अन्य घिउको तुलनामा महंगो पर्ने गर्छ ।
गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ । गाईको घिउमा विषहरण गर्न सक्ने क्षमता भएको तत्व हुने विषशज्ञ बताउँछन् जसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ ।
त्यस्तै शरीरमा शक्ति बढाउनमा गाईको घिउ निकै लाभदायक मानिन्छ । माइग्रेन ९टाउको दुख्ने० रोगका पीडितले यसको नियमित प्रयोग गर्नुपर्छ । साथै यसले रक्तचाप पनि कम गर्छ । यसमा स्थिर संतृप्त बान्डहरु अधिक हुन्छन् र जसमा फ्रि रेडीकल्स निस्किने शंका अलि कम हुन्छ ।
त्यस्तै आँखामा भएको कतिपय समस्यालाई गाईको घ्युउले कम गर्न सक्छ । त्रिफला र महसँगै गाईको घिउ मिसाएर खाँदा आँखालाई फाइदा पुग्छ । यसबाहेक खानामा बिहान—बेलुका खादा दिमागको विकास हुन्छ ।
गाईको घिउमा सबैखाले पोषक र हाम्रो शरीरका लागि फाइदा गर्ने तत्व पाइने भएकाले यसको प्रयोगले स्वस्थ्य रहन सकिन्छ ।
गाईको घिउले हामीलाई यी विभिन्न रोगहरुबाट बचाउँछ:
बाडुली
लामो समयसम्म बाडुली लागेमा आधा चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।
कपाल झर्ने
कपाल झर्ने समस्याबाट धेरै महिलाहरू ग्रसित छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।
एसिडिटी
एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुहोस् । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ ।
कानको पीडा
कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।
हातगोडा पोल्ने
गाईको घिउले पाइतलामा मालिश गर्नाले हातगोडा पोल्ने समस्या ठीक हुन्छ ।