काठमाडौं - खाजा खान होटेलमा जादा मेनु तलदेखि माथिसम्म हेर्छौं । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोलि सबैले मःम रुचाउँछन् । हाल नेपाल लक डाउनमा छ । होटलमा खाएको मःमको याद आइरहेको छ भने स्वादिष्ट मःम घरमै बनाउन सकिन्छ । त्यसका लागी यि सामाग्री आबश्यक पर्नुको साथै यि यस्ता तरीकाहरु अपनाउनुपर्ने हुन्छ ।
मःम बनाउका लागी आवश्यक सामाग्री
प्याज १५० ग्राम
लसुन ५० ग्राम
खुर्सानी आवश्यकताअनुसार
नुन आवश्यकताअनुसार
मःम मसाला २५ ग्राम
अजिनामोटो १५ देखि २० ग्राम
मैदा ३ सय ग्राम
बनाउने तरिका
प्याज, लसुन, खुर्सानी, नुन, मःम, अजिनामोटोलाई किमामा मिक्स गरौँ । यति भएपछि पिठो मुछ्ने र हातमा तेल लगाएर एकछिन घस्ने । एकैछिनपछि स–साना रोटी बनाउने ।
साना रोटी बनाएपछि हरेक १०–१५ ग्राम किमा राखौँ । यति हुँदै गर्दा मःम पकाउने भाँडाको तल पानी राखेर उमालौँ र बनाइएका मःम त्यसको माथिल्लो भागमा थोरै तेल लगाएर राखौँ र ढकन लगाऔँ ।
यति भइसकेपछि चिकेन मःम हो भने ५ देखि ६ मिनेटमा पाकिसकेको हुन्छ । यदि मटन, बफ मःम हो भने ८ देखि १० मिनेट लाग्छ ।
झोल बनाउका लागी आवश्यक सामाग्री
गोलभेंडा १ सय ग्राम, लसुन १० ग्राम, नुन स्वादअनुसार, जिरा पाउडर, तिल १० ग्राम, बदाम २० ग्राम, हरियो धनियाँ ।
विधि
तेलमा लसुन फुराएर बदाम, गोलभेंडा, तिल, धनियाँ धूलो, नुन राखेर पकाउने र धनियाँ छर्किने । त्यसपछि मिक्सरमा पिसेर पुनस् पकाई तयारी मःमलाई हाल्ने । यसरी जाडोमा तातो झोल मस्मको मज्जा घरमै लिन सकिन्छ ।