चाहिने सामाग्री :
६ वटा उसिनेको अण्डा , एक चम्चा हरियो खुर्सानी मसिनो गरि काटेको , रातो खुर्सानीको धुलो , करी पाउडर एक ठूलो चम्चा , अदुवा र लसुन काटेको एक ठूलो चम्चा , एक चम्चा बेसारको पाउडर , एक ठूलो चम्चा गरम मसलाको धुलो , २ वटा टमाटर काटेको , २ ठूलो चम्चा तेल , एउटा प्याज काटेको , ल्वाङ सुकमेल ३ ३ वटा ।
बनाउने तरीका :
प्याज टमाटरको पेस्ट बनाउने , यस पेस्टमा लसुन अदुवा राखेर मिक्स गर्ने, उसिनेको अण्डामा सानो सानो प्वाल पार्ने , अब प्यानलाई तताउने, प्यान तातेपछि तेल राख्ने, तेल राम्रो सँग तातेपछि अण्डालाई गोल्डेन हुनेगरि फ्राई गर्ने, त्यसपछि अण्डालाई प्लेटमा राख्ने । अब त्यहि तेलमाख जिरा फुराउने र ल्वाङ सुकमेल राख्ने, तेजपत्ता राख्ने, हरियो खुर्सानी राखेर राम्रोसँग चलाउने । सबै फ्राई भएपछि लसुन अदुवा र प्याजको पेस्ट राख्ने र कम हिटमा पकाउने त्यसपछि टमाटरको पेस्ट राख्ने, अनि आश्यक नुन राख्ने, राता धुलो खुर्सानी, बेसार राख्ने, करि पाउडर राख्ने र राम्रोसँग चलाएर ३ मिनेट छोपे र राम्रो सँग पकाउने । त्यसमा एकगिलास पानी हाल्ने र अलि उम्लिन थालेपछि अण्डा राख्ने र मसला पनि राख्ने, मसिनो गरि काटेको हरियो धनियाँ राखेर राम्रोसँग चलाउनुहोस् । पाँच मिनेट हिट मिडियम गरेर राख्ने । अण्डा करी तयार भयो । अब खाना, चिउरा, रोटी जे सँग पनि खान सक्नुहुन्छ ।