काठमाडौ - उखु, खजुर, ताड आदिको रस पकाएर जमाएको पदार्थ नै सख्खर हो । सख्खरले जाडो मौसममा लाग्ने बिभिन्न समस्याहरुबाट बचाउँछ ।
जाडोमा सख्खरको सेवन एकदमै राम्रो मानिन्छ । यसमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम, फलाम, तामा, ग्लुकोज जस्ता तत्व पाइन्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै यसले शरिरको मेटाबोलिजम बढाउँछ र विभिन्न रोग लाग्नबाट बचाउँछ ।
सख्खरले शरिरमा रगत बढाउने र भोक जगाउने काम गर्छ । यसको नियमित सेवनले चिसोको कारण हुने रोगहरुबाट बच्न सकिन्छ ।
१. रुघाको उपचार
चिसो मौसममा बढि मात्रामा रुघाले सताउँछ । रुघाको कारण खसखस गर्ने तथा कफ जम्ने लगायतका समस्याहरु देखा पर्छ । यस्तो भएमा सख्खरको चिया बनाएर पिउन सकिन्छ । यसलाई तपाई दुधमा मिलाएर पनि पिउन सकिन्छ । यसको सेवनले गलाको खसखस समेत मेटाउँछ । यसको लागि सख्खरमा अदुवाको रस मिसाएर नियमित सेवन गर्नुहोस् ।
२. पेटको समस्याबाट राहत
सख्खरको सेवनले पेट फुलिने समस्या हटाउँछ । सख्खर पानीमा मिलाएर पिउदा पेट दुख्ने समस्या हट्छ ।
३.महिलाको तल्लो पेट दुख्ने कम
सख्खरको नियमित सेवनले महिनावारीको समयमा हुने पेट दुखाईको समस्या ठिक हुन्छ ।
४. शरिरमा उर्जा प्रदान गर्छ ।
सख्खरमा पानी वा दुध मिलाएर पिउँदा थकान महशुस भएमा सख्खर खाँदा स्फूर्ति मिल्छ ।
५.कानमा दुखाईबाट राहत
कानमा दुखाई भएमा सख्खरमा घिउ मिलाएर दुखेको कानमा लगाउँदा दुखाई कम भएर जान्छ ।
६. चिलाउने रोग हटाउँछ
सख्खरमा एन्टी एलर्जिक तत्व हुन्छ । यसले शरिर चिलाउने रोग लागेका विरामीलाई अति नै फाइदा गर्छ । यसको लागि कालो तिलमा सख्खर मिसाएर लड्डु बनाएर नियमित सेवन गर्नुपर्छ ।
७. स्वर खुलाउँछ
सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ ।
८. शरिरमा आईरनको मात्रा बढाउँछ
सख्खरको नियमित सेवनले शरिरमा आईरनको मात्रा बढाउँछ र आईरनको कमीले लाग्ने रोगबाट बचाउँछ ।
९.दम
सख्खर र कालो तिलको लड्डु खाँदा जाडोमा दम बढ्न दिँदैन ।
१०.ग्यास्ट्रिक
खाना खाइसकेपछि सख्खर खाएमा पेटमा ग्याँस जम्मा हुन पाउँदैन् ।
११.जन्डिसबाट राहत
पाँच ग्राम अदुवा र दश ग्राम सख्खर खाँदा जन्डिसबाट राहत पाउन सकिन्छ । सख्खरको हलुवा खाँदा स्मरण शक्ति पनि बढ्छ ।