काठमाडौं - शहरीकरण,परिवर्तित जिवनशैली तथा कार्यव्यस्तताको कारण दैनिक खानपानमा तयारी खाद्यपर्दाथको प्रयोग बढ्दो छ । यस्ता खाद्ययपर्दाथमा अत्याधिक चिल्लो, चिनियुक्त तथा बढि क्यालोरी समाबेश हुन्छ ।
यस्ता खाद्यपर्दाथले सहरी जिवनमा बढि प्रभाव पारेको छ । यस्ता खाद्यपर्दाथ बालबालिका तथा युवा वर्गमा बढि लोकप्रिय रहेको छ ।
यी खाद्यपर्दाथ बनाउँदा बढि तापको प्रयोग, हावामा खुल्ला राख्ने र बढि प्रशोधित गरेको हुन्छ । जसका कारण यसमा भएका पोष्टिक तत्व, भिटामिन र खनिज पदार्थ नष्ट हुन्छ ।
यसमा शरीरको लागी आवश्यक पर्ने भिटामिन, खनिज पर्दाथ, तथा फाइबरको परिमाण नगन्य मात्रामा हुन्छ । यस्ता खानेकुरा हप्तामा दुइपटक मात्रा समाबेश गर्दा पनि स्वास्थ्यमा १० पाउन्ड तौल बढ्ने एक अध्ययनले देखाएको छ ।
विभिन्न प्रकारका कृत्रिम तथा कार्बोनेटयुक्त पेयपदार्यबाट प्रशस्त क्यालोरी प्राप्त हुनुको साथै यि पेयपदार्थहरु तयार पार्दा प्रयोग गरिने कृत्रिम रंग, रसायनिक पदार्थ, बास्ना दिने पदार्थ, खाद्य संरक्षण तत्व आदिले स्वास्थ्यमा दीर्घकालिन समस्या उत्पन्न गराउँन सक्छ । साथै बालबालिको बृद्धि विकासमा असर गर्न सक्छ ।
यस्ता खाद्यपर्दाथको सेवनले शरीरमा बढि खराब कालेस्टोर चिल्लो तथा कोलेस्टोर रक्तनलिमा जम्मा भई मुटुसम्बन्धि समस्या निम्त्याउँन सक्छ । साथै यि तत्वहरुले कलेजोको कार्यमा बाधा पुर्याउन सक्छ । चिल्लोको मात्रा बढि र फाइबरको मात्रा कमीले पाचनक्रियामा बाधा पुग्न सक्छ साथै कब्जियत हुन सक्छ ।
ठुलो आन्द्रा मिर्गौला तथा खानाको नलि जस्ता अंगमा क्यान्सरको सम्भावना हुन्छ । साथै अत्याधिक तौल बढ्नाको साथै मधुमेह, उच्च रक्तचाप र स्टोक जस्ता अनेक समस्या निम्त्याउन सक्छ ।
खाद्यपदार्थ सेवन गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।
तयारी खाद्यपर्दाथको प्रयोग कहिलेकाहि र थोरै परिमाणमा मात्र गनुपर्छ ।
बाहिर खाना खान जादाँ आफ्नो विश्वासिलो, गुणस्तरिय सेवा उपलब्त्र गर्ने भोजनालय, होटलमा खानाको मेनु हेरी उपयसक्त विधि तथा सामाग्री प्रयोग गरेको तयार गरेका तयार गरेर खाद्यपर्दाथ छनोट गर्नुपर्छ ।
स्कुल, कलेज, अफिस आदिको क्याफ्टेरीयामा तयारी खाद्यपर्दाथ भन्दा घरमा नै बनाएको ताजा पोष्लिो खानेकुरा ठिक परिमाणमा खानुपर्छ ।
बालबालिकाको खानामा यस्ता पदार्थ बढि प्रयोग हुने भएकाले अभिभावक तथा शिक्षकले यस्तो खानाले पुर्याउने बेफाइदा र स्वास्थ्यमा पार्ने प्रभाव बारे जानकारी गराउनु पर्छ ।
( डा. जया प्रधानको जिवनशैली र पोषण पुस्तकबाट साभार)