काठमाडौं- एक करोड भन्दा बढि लगानी गरेर धनगढीमा पहिलो पटक सुविधा सम्पन्न स्किन अस्पताल सञ्चालनमा ल्याइएको छ ।
बिशेषज्ञ चिकित्सकद्धारा कपाल प्रत्यारोपण, लेजर प्रविधिबाट छाला, यौन तथा सौन्दर्यका सबै सेवाहरु प्रदान गर्न एलएन चोक धनगढीस्थित स्किन केएर एण्ड एस्थेटिक सेन्टर प्रा.लि.सञ्चालनमा आएको अस्पतालका प्रबन्दक निर्देश जीवन बहादुर सिंहले बताउनु भयो ।
प्रबन्ध निर्देशक सिंह भन्नु हुन्छ, 'सुदूरपश्चिममै पहिलो पटक नविनतम प्रबिधी सहित छाला, यौन तथा सौन्दर्य रोगको उपचार सेवा सञ्चालनमा ल्याएका छौं ।'
यो अस्पताल सञ्चालनमा आएसँगै सुदूरपश्चिमका नागरिहरुको छाला, कपाल तथा यौन रोग सम्बन्धि समस्या भएका बिरामीहरु उपचारका लागि अन्यत्र जानुपर्ने झण्झट अन्त्य भएको निर्देशन सिंहको भनाइ छ । उहाँ भन्नु हुन्छ, 'सुदूरपश्चिमबासीका लागि मात्र नभएर छिमेकि प्रदेशका नागरिकका लागि पनि शुलभ मुल्यमै सुविधा सम्पन्न सेवा दिरहेका छौं ।'
प्रबन्ध निर्देशक सिंहका अनुसार, लामो समय देखि काठमाडौंका विभिन्न अस्पतालहरुमा काम गरि अनुभव बटुलेका विशेष छाला, कपाल प्रत्यारोपण, र लेजर सर्जन डा.बिकान्त ढकाल र डा मेरीना मानन्धरद्धारा उपचार गरिन्छ ।
सिओटु– फाक्सनल लेजर (CO2 Fractional Laser), विश्वमै सफल रुपमा कपाल प्रत्यारोपण गर्ने डि.एच.टि (Direet Hair Trasaplanht) प्रविधिद्धारा कपाल प्रत्यारोपण गरिनुका साथै पिआरपि प्रबिधि र सौन्दर्य रोगको उपचार गर्ने, बोट्क्स, डम्राब्रेसन, हाइडफेसिएल प्रबिधी समेत भित्र्याएका उहाँले बताउनु भयो ।
यस अस्पतालबाट कम्यूटर प्रबिधिद्धारा अनुहारको सम्पूर्ण चेकजाँच तथा परामर्श दिनुका साथै पुरानो भन्दा पुरानो शरिरको दाग धब्बा, चिलाउने, एलर्जी, दुवी, पसिना गन्हाउने समस्या, कपाल झर्ने, टुट्ने र शरीरका अनावश्यक रौंहरु हटाउने देखि लिएर नङ्ग सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ ।
त्यसैगरी, शरीरमा भएका सम्पूर्ण दाग एलर्जीको विशेष उपचार, छालामा हुने बंशाणुगत समस्या, केमिकल पिल, बोटोक्स र लेजर प्रबिधिद्वारा चाउरीपनको उपचार समेत प्रदान गरिने सञ्चालक सिंहले बताउनु भयो ।
त्यस्तै, निकट भविष्यमा कस्मेटिक सर्जरीहरु गरिने योजना रहेको उनले बताए ।
स्किन अस्पतालका केहि तस्बिर: