काठमाडौ - धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाध्यपदार्थ चिउराको नेपालीको खानामा ठूलो महत्व रहेको छ ।
चिउरा सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने खानपिनमा यो एकदमै प्रचलित छ । यसलाई बिशेषगरी दहि, मासु, मिठाई लगाएत अन्य धेरै परिकार सँग मिसाएर खाने प्रचलन रहेको छ । चामललाई पकाउन पर्ने तर चिउरा पकाउन नपर्ने भएकोले यसले जुन सुकै अवस्थामा पनि भातको सट्टामा प्रयोग गर्न सकिन्छ ।
चिउरालाई विभिन्न परिकार बनाएर खान सकिन्छ । त्यसमध्ये चिउराको चप एक स्वादिष्ट्र परिकार हो ।
चिउराको चप बनाउने बिधि यस्तो छ
सुरुमा २ कप चिउरालाई तातो पानिमा १० मिनेट भिजाउनुपर्छ
त्यसपछि भिजेको चिउराबाट पानि निचोरेर एउटा भाडामा राख्नुपर्छ
चिउरामा अब दुई ओटा उसिनेको आलु हाल्नुपर्छ र राम्रो सँग मिच्नुपर्छ
आलु र चिउराको राम्रो मिश्रण बनेपछि त्यसमा नुन, बेसार, जिरा, धनियाको धुलो, काचो प्याज हरियो धनियाँ र खुर्सिनि हाल्नुपर्छ
सबैलाई राम्रोसँग मिसाएर त्यसको सनो गोलो आकार बनाउने र कम तेल हालेर एउटा प्यानमा राम्रोसँग दुबै पट्टि पकाउनुपर्छ
त्यसपछि स्वादिष्ट्र चिउराको चप तयार हुन्छ ।
चिउराको चप खानुका फाइदाहरु
पेटलाई फाइदा गर्ने राम्रो प्रोबायोटिक
आडिलो खाजा
आइरनले भरिपुर्ण
स्वस्थ्य काब्रेहाइडेटको राम्रो स्रोत
(सोचाईको फेसबुक पेजबाट साभार)