काठमाडौं- पछिल्ला केहि दिनयता नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा केहि कमी आएको पाइएको छ । तर संक्रमित भएका केहि बिरामिमा भने पोष्ट कोभिडको समस्या बढ्दै गइरहेको पाईन्छ ।
आखिर पोष्ट कोभिड भनेको केहो त ? मेरो जिज्ञासामा छाती रोग विशेष डा.नबिन कुमार मिश्र भन्छन् पोष्ट कोभिड नामबाटै स्पष्ट हुन्छ पोष्ट भनेको पछाडी हो । यसलाई हामी सहज रुपमा कोभिड पछाडीको लक्षण भनेर बझ्न सक्छौं ।
डा. मिश्र भन्छन्, कोरोना संक्रमण हुदाँ ज्वरो आउँनु, शरीर दुख्नु, टाउको दुख्न, रुघाखोकि, शरीर गल्ने, गन्ध हराउदै जाने, धेरै थकान लाग्ने, सास र्फेन गाह्रो हुने यस्ता विभिन्न लक्षणहरु देखिन्छन् । यी लक्षणहरु सामान्यतया तीन हप्तासम्म निको हुँदै जान्छ तर केहिमा यस्ता लक्षणहरु ४ हप्ता भन्दा बढि लम्बिदै जानु नै पोष्ट कोभिड हो ।
उनी भन्छन्, 'कुनै कोरोना संक्रमित बिरामीमा कोरोनाका लक्षणहरु १२ हप्ता भन्दा बढि देखिदै गयो भने लंग कोभिड भनिन्छ । यो पनि पोष्ट कोभिडकै एक भाग हो । तर केहि व्यक्तिहरुमा ५ महिना देखि लिएर १२ महिनासम्म पनि केहि लक्षणहरु देखिएका छन् ।'
पोष्ट कोभिडका प्रमुख लक्षणहरु
थकान छिट्टो लाग्नु,
शरीरमा शक्ति नै नहुनु
पोष्ट कोभिडका बिरामीमा गरिएको अध्ययमा माथिका लक्षणहरु ४० देखि ८० प्रतिशतमा देखिएको डा.मिश्रले बताए । उनले भने, पोष्ट कोभिडको अर्को लक्षण भनेको सास र्फेन गाह्रो हुँने हो । त्यो समस्या पनि ३० देखि ७० प्रतिशतमा देखिएको छ ।
तेस्रोमा भने रुघाखोकि लाग्ने,
गन्ध नआउँने,
डिप्रेसन इन्जाइटिहरु जस्ता समस्या कोभिड भएका व्यक्तिमा ३० प्रतिशमा देखिने गरेको छ ।
त्यो बाहेक पनि बिरामीहरुमा मुटुको चाल छिट्टो छिट्टो धड्किने , चालमा कमी आउँनु सेता रक्तकोषिकामा कमी आउँनु, हात खुट्टा दुख्ने पाचन प्रकृयामा समस्या र निन्द्रामा पनि समस्या हुने लक्षणहरु ४ हप्ता भन्दा माथि देखिए भने पोष्ट कोभिड भनिन्छ ।
डा मिश्र भन्छन्, 'पछिल्लो समय खोकि लाग्ने र सास र्फेन गाह्रो भएका बिरामीहरु अस्पताल आउने क्रम बढेको छ । सामान्य काम गर्दा पनि धेरै थाक्नु, सास फेर्न गाह्रो हुने मुटु धेरै छिट्टो छिट्टो धडेकिने, डिप्रेसनका केहि लक्षण र खोकि जस्ता समस्या भएका बिरामी उपचारका लागी आउने गरेको उनले बताए।'
कुनै व्यक्तिmलाई रोगले छिट्टै आक्रमण गर्छ वा गर्दैन भन्ने उसको रोगसँग लड्ने क्षमतामा निर्भर हुने उनले बताए । कोभिड भइसकेपछि सबैमा पोष्ट कोभिड हुन्छ भन्ने मेरो जिज्ञासामा डा मिश्र भन्छन् 'रोगसँग लडने क्षमता बलियो छ भने यस्ता लक्षणहरु देखिने सम्भावना धेरै कम हुन्छ तर धेरै अध्यनहरुले बारम्बार कोभिडकै कारणले गर्दा यी समस्याहरु देखिएको बताएको छ ।'
पोष्ट कोभिडको लक्षण देखिने बितिकै आतिनुपर्ने अवस्था छैन । उनले भने, 'घरमै बस्दा पनि ठिक हुन्छ तर चिकित्सकको परार्मशमा भने बस्नुपर्ने हुन्छ । त्यस्तै, जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । केहि कोभिड संक्रमित बिरामीको फोक्सोमा जाली बनिसकेको हुन्छ । जसका कारण फोक्सोले राम्रोसँग काम गर्न सकेको हँुदैन । त्यसैले दैनिक लामो सास लिने र जति सक्यो त्यति सास रोक्ने गर्नुपर्दछ ।'
त्यस्तै, कुनै पनि काम लगातार गर्नु हुदैन । बिस्तारै काम गर्ने र एक्लै नबस्ने समुहमा बस्ने गर्नुपर्दछ र खानामा पनि त्यतिकै ध्यान दिनुपर्ने हुन्छ । खानामा प्रोटिन , भिटामिनयुक्त खानाहरु खाने गरेर घरमै बस्दा पनि पोष्ट कोभिड बिस्तारै निको हुँदै जाने उनले बताए ।
पोष्ट कोभिडको समस्या २० देखि २५ प्रतिशत व्यक्तिमा मात्र देखिने डा.मिश्रले बताए । पोष्ट कोभिड सबै कोरोना संक्रमितमा देखिन्छ भन्ने हँुदैन उनले भने सक्रमणको समयमा भाइरसले कत्तिको असर गर्यो र केहि दिर्घ रोग थियो कि भन्ने कुराले निर्धारण गर्ने डा मिश्रले बताए । कोहि कोहि सामान्य लक्षण भएका बिरामीमा पनि पोष्ट कोभिडको समस्या देखिन्छ ।
डा मिश्र भन्छन्, 'यदि पोष्ट कोभिडको समस्या देखिदा पनि शक्ति बढाइएन, व्यायमहरु गरिएन, खानापिनमा ध्यान दिइएन भने फोक्सोले पुन पहिलाको जस्तै काम गर्दैन र भने बिस्तारै विभिन्न समस्याहरु देखिदै जान्छ ।'
पोष्ट कोभिडलाई जितने एउटै उपाय ईच्छा शक्ति हो । त्यस कारण जीवनैशैलीमा ध्यान दिदै व्यायमहरु राम्रो साग गरे पोष्ट कोभिडलाई जितिन्छ ।
(डा.मिश्र ब्लूक्रस अस्पतालमा कार्यररत छन् ।)