- डा आमे मुर्ति अनिल
– धूमपानले नराम्रो कोलेस्टोलको मात्रा रगतमा बढाउँछ र राम्रो कोलेस्टे्ररोल घटाउँछ । रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल जम्मा गराउँछ । धूमपानले हुने यस्ता परिवर्तनले गर्दा मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा पुग्छ अनि हृदयाघात हुन्छ ।
– धूमपानले मुटुका रक्तनलीलाई साँघुरो बनाउन सक्छ । निकोटिनले मुटुको धड्कनको गति र रक्तचाप पनि बढाउँछ ।
– ३० देखि ५० वर्ष उमेर भएको चुरोट सेवन गर्ने व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा ५ गुणा बढी हुन्छ ।
– सानै उमेरदेखि (२० वर्षभन्दा मुनि) धूमपान सेवन गरेमा मुटुमा झन् ठूलो खतरा हुन्छ ।
– धूमपानबाट पुरुषभन्दा बढी महिलालाई हृदयाघातको खतरा हुन्छ ।
– धूमपानबाट हुने खतरा सीधा उपभोग गरेर मात्रै होइन कि, चुरोट प्रयोग गर्दा निस्केको धूवाँले अरूलाई पनि हानि गर्न सक्छ । यसलाई पेसिभ स्मोकिङ भनिन्छ । अमेरिकामा बर्सेनि ६२ हजार मानिसको मृत्यु पेसिभ स्मोकिङका कारणले मुटुरोग हुने गर्छ ।
– धूमपानले मुटु र रक्तनलीसम्बन्धी रोगहरू, स्ट्रोक (ब्रेन अटेक), क्यान्सर, फोक्सोको रोग (दम, ब्रोन्काइटिस), गर्भवती महिलामा बाँझोपन, गर्भपतन, कम वजन भएको बच्चाको जन्म, बच्चाको अचानक मृत्यु र हाडजोर्नी कमजोर भएर सजिलैसँग हड्डी भाँचिने (फैक्चर हुने) आदि ।
– चुरोट सेवन बन्द गर्ने बेलादेखि नै स्वास्थ्यलाभ सुरु हुन थाल्छ । हृदयाघात र स्ट्रोक (पक्षाघात) को सम्भावना, चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ ।
– केही अध्ययनहरूका आधारमा चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्तिजतिकै हुन जान्छ ।
– चुरोट बन्द गरेका बेलाको उमेर ३५ देखि ४४ को बीचमा हुँदाखेरि, चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने मानिस उत्तिकै वर्षसम्म बाँचे ।