काठमाडौं - धेरैजसो उच्च वर्गिय परिवारका गर्भवती महिलाहरु सात–आठ घण्टासम्म प्रसव व्यथा किन सहने भन्दै क्षणिक फाइदाका लागी अस्वाभाविक रूपमा शल्यक्रिया (सिजेरियन सेक्सन) गर्ने गर्दछन् । भने कतिपयले सिजेरियन गर्ने चाहाना नहँदा नहुदै पनि शिशु र आमाको आफ्नो स्वास्थयका लागि पनि सिजेरियन गर्नु पर्ने अवस्था आएको हुन्छ ।
कतिपय अवस्थामा सिजेरियन नचाहादा पनि गर्नुपर्ने हुन्छ । कहिलेकाहि भुण्र उल्टो (टाउको माथी र खुट्टा तल्लो साइड) छ भने त्यस्तो अवस्थामा सिजेरियन गर्नुपर्ने स्त्री रोग बिशेषज्ञ डा नुतन शर्माले बताइन् । उनले भनिन, यस्तो अवस्थामा सामान्य प्रसुति हुन्छ भनेर छोडदिदाँ शिशु बाच्ने सम्भावना कम हुन्छ । विश्वभर नै अल्ट्रासाउड गरेर हेर्दा बच्चा उल्टो देख्यो भने सिजेरियन गरिन्छ ।
डा.शर्माको अनुसार, कुनै गर्भवति महिलाको प्रसुति हुने डेट नाघिसक्यो तर पनि प्रसव व्यथा लागेन भने बच्चा बाङगो, तेर्सो बसेको छ वा बच्चामा पानीको मात्रा बढि वा कम छ भने शिशुको टाउको तल झर्दैन । त्यो अवस्थामा प्रसव व्यथा लाग्ने औषधि दिइन्छ । त्यसपछि पनि व्यथा लागेन भने सिजेरियन गरेर शिशु निकाल्नु पर्ने हुन्छ ।
गर्भवति महिला बिशेष रोगबाट पिडित भई प्रसव व्यथा सहन नसक्ने जस्तै मुटुमा समस्या भएमा सिजेरियन गर्नुपर्ने उनले बताइन् । त्यस्तै, भुण्र जुम्ल्याहा र आमाको अवस्था चिन्ताजनक भएमा सिजेरियन गर्नुपर्ने हुन्छ ।
उनका अनुसार, भुण्रमा पानस्को मात्रा एकदम कम छ वा अन्य कुनै मेडिकल कम्प्लीकेशन भएमा सिजेरियन गर्नुपर्ने हुन्छ । किनकि पानीको मात्रा कम छ भने नर्मल प्रसुति हुन गाह्रो हुन्छ ।
प्रसव व्यथाले च्यापेर अस्पताल आएकामध्ये कोहि महिलाकोे पानि फोका फुट्दा पानी सँगै दिशा मिसिएको छ भने भुण्रले पेटमा नै दिशा गरिसकेको भन्ने बुझिन्छ । यदि समयमा नै शल्यक्रिया गरेन भने भुण्रले दिशा खाने सम्भावना हुने भएकाले सिजेरियन गर्नुपर्ने डा।शर्माले बताइन् ।
त्यस्तै, शिशुको तौल कम वा धेरै हुदाँ आमाको स्वास्थ्यमा असर पर्ने भएकाले सिजेरियन गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन, साधारणतय यि अवस्थाहरुमा सिजेरियन गर्नुपर्ने हुन्छ । तर पछिल्लो समयमा उच्च वर्गिय परिवारका गर्भवती महिलाहरु सात–आठ घण्टासम्म व्यथा किन सहने भन्दै क्षणिक फाइदाका लागी अस्वाभाविक रूपमा शल्यक्रिया गर्ने गर्दछन् ।
अहिलेको अवस्थालाई हेर्दा सामान्य प्रसुति हुन नचानेहरु धेरै छन् । कोहि पनि नौँ दश घण्टाको प्रसव व्यथा सहन गाह्रो हुन्छ भनेर समय अगाडि नै मिलाएर सिजेरियन गर्दछन् । त्यो विधि अपनाउदाँ केहि सहजता हुन्छ । जसका कारण गर्भवतीहरु सिजेरियन गर्न चाहान्छन् । स्वास्थ्यका हिसाबले हेर्ने हो भने सामान्य प्रसुति हुनु नै सबैभन्दा उत्तम उपाय हुन्छ ।