काठमाडौं– झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेजको टुङ्गो लगाइदिन प्रधामन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ।
सम्मेलनमा बोल्दै प्रसाईले करिब ८ वर्षदेखि सम्बन्धनको पखाईमा बसेको बताए । मेडिकल कलेजका लागि धेरै तपस्था गरे। उनले भने, ‘की मेरो कलेज सरकारले किनेर चलाओस्, की मलाई सम्बन्धन दिइयोस् चलाउनका लागि वा सधैंका लागि बन्द गरियोस्। यो झन्झट र अलमलमा अब कति बस्नु ?’
यस्तै प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले सम्वन्धन रोक्नका लागि मूख्य भूमिका खेलेको आरोप समेत लगाएका छन्।
आयोगको बैठकले सात दिन भित्र अनुगमन गरी प्रतिवेदन बुझाई सम्वन्धन दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्ने भनिएपनि २१ दिन हुँदासम्म प्रतिवेदन नबुझाइएको भन्दै डा। गिरीले बदनियतपूर्ण काम गरेको प्रसाईले आरोप लगाएका छन्।
‘चिकित्सा शिक्षा आयोगको मिति जेठ २८ मा भएको निर्णयको कार्यान्वयन नगर्ने नगराउने बदनियतले उपाध्यक्ष श्रीकृष्ण गिरीले तोकिएको समय भित्रै प्रतिवेदन पेश नगर्ने नगराउने कार्य गरिरहेको तथ्य स्पष्ट भएको छ। प्रसाई भन्छन् बैठकमा सात दिनभित्र बिएण्डसीको समग्र अवस्थाको प्रतिवेदन पेश गरी सम्बन्धनबारे निर्णय गर्नु पर्ने भए पनि गिरीले आलटाल गरेका छन् ।’
आयोगको बैठकबाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा। भोजराज अधिकारी, प्रा। डा। रमेशप्रसाद आचार्य र सेमन्तराज कोइरालालाई निरीक्षण तथा अनुगमनमा पठाएको थियो।
प्रसाईले गिरीले आफ्नै मुद्दामा साक्षी बनाएका व्यक्तिलाई बिएण्डसीको अध्ययन टोलीमा पठाएका कारण सम्बन्धनमा बाधा आएको बताए।
उनले भने,‘ आयोगबाट भने बमोजिम आयोगमा सम्बन्धनको सिफारिस वापत हिजो मात्र १० लाख रुपैयाँ समेत बुझाइसकेका छौँ। अहिले आएर विभिन्न बहानाबाजी गरेर झुक्याउ रहेका छन् ।'
प्रसाईले डा. गिरी न्याम्समा रहँदा विश्व स्वास्थ्य संगठनको नाममा आएको फेलोसिप आफैँ विद्यार्थी बनेर करीब १ लाख डलर हत्याएर अनियमिता गरेको बर्ता । उनले भने,‘आफै विद्यार्थी रकम हत्याएपछि गरिब तथा जेहेन्दार विद्यार्थीका लागि हरेक साल आउने रकम बन्द गरेको छ।’