बच्चामा रोगसँग लड्ने क्षमता कम भएको कारण जाडो महिनामा बच्चालाई धेरै शाारीरिक समस्याले बढि मात्रमा सताउँछ । हामीले यहाँ जाडोमा बच्चामा देखिने समस्याको बारेमा केहि गर्दै छौं ।
यस्ता छन् जाडोयामा बच्चामा देखिने समस्या
– भाइरल डायरिया धेरैजसो रोटा भाइरसले गर्दा हुन्छ । यसलाई कोल्ड डाइरिया पनि भनिन्छ । जाडोको समयमा यो भाइरल बढी सक्रिय हुने हुँदा चिसो मौसममा डायरियाले दुःख दिने गर्दछ।
– आस्थमालाई नेपालीमा दम भनिन्छ । आस्थमा भनेको एलर्जीको समस्या हो । चिसोले बच्चाको श्वासनली साँघुरिन्छ, जसका कारण बच्चालाई घ्यारघ्यार हुने तथा सास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउँछ। जाडोमा चिसो तथा रुघाखोकीले गर्दा स्वासनली साँघुरो हुने समस्या बढी हुन्छ। त्यसैले बच्चालाई आस्थमा हुन्छ।
– ब्रोन्किओलाइटिस एक प्रकारको भाइरल इन्फेक्सन हो। यसलाई एक प्रकारको भाइरल निमोनिया पनि भन्न सक्छौं। यसले गर्दा घ्यारघ्यार हुने, ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या उत्पन्न भएर कुनै–कुनै बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ।
– इन्फ्लुएन्जा भनेको फ्लु हो । बच्चामा जाडोमा मौसमी इन्फ्लुएन्जा बेलाबेलामा देखिन्छ। कुनै बेलामा धेरै च्यापेर सताउने गर्दछ। सिजनल रुघाखोकीले एक हप्तासम्म दुःख दिने गर्दछ।
– जाडोको समयमा हातखुट्टा फुट्ने समस्या पनि देखिन्छ । यस्तो समस्याबाट बच्न पानी खाने, छालालाई चिल्लो पारेर राख्नु पर्दछ।