काठमाडौं - हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता चीजहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ । गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ ।
पछिल्लो समयमा नेपालमा थाइराइड रोगका कारण ग्रसित हुनेको संख्या उच्च हुने गरेको देखिन्छ । तर यो समस्या किन हुन्छ ? के कारणले हुन्छ ? कस्तो ब्यक्तिलाई हुन्छ ? साथै आयोडिन हाम्रो स्वास्थ्यको लागि कत्ति फाइदाजनजक छ ? थाइरोइडमा आयोडिनले कस्तो भुमिका रहेको छ ? डा. अन्सुमली जोशीसंगको कुराकानीः
सामान्य भाषामा थाइराइड भनेर के बुझ्न सकिन्छ ?
थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । यो पुतलीको आकार जस्तो देखिन्छ । यसलाई गलगाँड पनि भनिन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।
त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई नियन्त्रण गर्ने गर्छ । यो समस्या तुलनात्मक रूपमा पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ ।
थाइराइड कति प्रकारको र यसको लक्षणहरु के के हुन् ?
थाइराइड सामान्यतया दुई प्रकारको हुन्छ । जुन हाइपर थाइराइडिज्म र हाइपो थाइराइडिज्म हो ।
हाइपर थाइराइडिज्म भनेको थाइराइड ग्रन्थीले आवश्यक्ता भन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपर थाइराइडिज्म भनिन्छ ।
लक्ष्णहरु
- महिनावारी नियमित नहुने,
- मोटोपना,
- अल्छिपना
- शरीर सुन्निने,
- दिक्क लाग्ने,
- अनावश्यक जाडो हुने,
- कपाल झर्ने,
- प्रजनन क्षमतामा कमी हुने,
शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।
लक्षणहरु
- एक्दमै दुब्लो,
- मुटुको धड्कन बढ्ने,
- शरीरको तापक्रम बढ्ने,
- भोक बढी लाग्ने तर दुब्लाउने,
- महिनावारी गडबढी,
- मन आत्तिने,
- मानसिक तनाब बढी हुने,
हाइपोथाइराईडिज्म र हाइपर थाइराईडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । यो समस्या पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । यो रोग अटो इम्युन समस्याका कारण भएको हो भने आमाबाट छोराछोरीमा तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ ।
थाइराइड रोग लाग्नुको कारण र यो रोग कस्तो ब्यक्तिलाई हुन सक्छ ?
- शरीरमा आयोडिनको कमी हुँदा वा खानामा रासायनिक पदार्थ अत्याधिक हुनाले
- शरीरमा किटाणु सँग लड्ने क्षमता कम भएमा शरीरमा हर्मोनको तलमाथि हुनाले
- जन्मजात रुपमै थाइराइडको हर्मोन कमी हुनाले
- विकिरणको प्रभाब स्वरुप थाइराइड ग्रन्थीमा हानी पुग्नले
थाइराइड जोसुकैलाई र जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ । विशेष गरी यो रोग ४० बर्ष माथिका महिलामा बढी मात्रामा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमताको गडबडीले गर्दा यो रोग महिलामा धेरै देखिने गरेको छ ।
- थाइराइड भएको भनेर कसरी थाहा पाउन सकिन्छ ?
- खान कम रुच्ने,
- खाना कम खाए पनि शरीर मोटाउदै जाने,
- बच्चामा भए बच्चाको मोटोपन अत्याधिक बढ्दै जाने,
- तर उचाइ र दिमाग भने नबढ्ने
- गर्भवती हुन चाहने महिलाको गर्भ नबस्ने,
- बसेको गर्भ खेर जाने
थाइराइलाई बेवास्त गरेर उपचार गरेन भने कस्तो समस्य देखापर्छ ?
- कोलेस्ट्रोलको मात्रा बढ्छ,
- रक्तचाप घटबढ हुन्छ,
- मुटुमा समस्या देखिने,
- कब्जियत हुने,
- महिलामा महिनावारी गडबड
- बाझोपन देखिने
- डिप्रेसन
- मृगौलामा पनि असर
५, थाइराइडको समस्य भएको ब्यक्तिले कस्तो खाने कुरा खाने ?
- सन्तुलित खाना खाने,
- हरिया सागसब्जी,
- फलफूल,
- आयोडिनयुक्त खानेकुरा र माछा खाने,