उच्च रक्तचाप शब्द अहिलेको समयमा निकै नै लोकप्रिय बनिसकेको छ ।
उच्च रक्तचापको बिरामी अहिलेको समयमा सबैको घरमा हुनुहुन्छ होला । उच्च रक्तचाप कुनै निश्चित उमेरको व्यक्तिलाई हुँदैन, यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । यो रोग सुन्नमा जति सामान्य छ त्यति नै खतरनाक पनि छ।
यो रोग एक प्रकारको जीवनशैलीमा आधारित रोग हो । उसो त प्राय जसो रोगहरु मानिसको जीवनशैली कै आधारमा लाग्ने हुन्छ । किनकी तपाईँको खानपान, तपाईँको रहनसहनले पनि तपाईँको स्वास्थ्यलाई धेरै नै असर पारिरहेको हुन्छ ।
हालै गरिएको एक अध्ययनका अनुसार उच्च रक्तचाप विशेषगरी तपाईँको खानपानमा निर्भर रहन्छ त्यसैले तपाईँले विशेष गरी आफ्नो खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । अध्ययनमा भनिए अनुसार केही यस्ता कुराहरु पनि छन् जसको सेवनले गर्दा तपाईँ यो रोगबाट आफूलाई र आफ्ना घरका सदस्यलाई बचाउन सक्नु हुन्छ ।
उच्च रक्तचापबाट जोगाउने खानेकुरा
अंगूर :अंगूरमा पोटाशियम र फसफोरस पाइन्छ । जसको सेवनले तपाईँको रक्तचापलाई सँधै नियन्त्रणमा राख्छ ।
केरा :केरामा पोटाशियम पर्याप्त मात्रामा पाइन्छ, साथै यसमा भिटामिन बी ६, भिटामिन सी र म्याग्नेशियम पनि पाइन्छ । जुन रक्तचापको लागि राम्रो मानिन्छ ।
काचो प्याज :चिकित्सकहरुका अनुसार प्याजमा भएको पोटाशियममा एडेनोसाइन हुन्छ, जसले हाइपरटेन्शन अर्थात् उच्च रक्तचापका रोगिहरुका लागि निकै नै लाभदायक हुन्छ ।
लसुन :लहसुनमा आर्टिरीजमा भएको कोलेस्ट्रोललाई पघाल्ने गुण हुन्छ । यसले रक्त सञ्चार सँधै राम्रो रहन्छ ।
धनिया : धनियाको पातमा धेरै प्रकारका क्रियाशिल तत्वहरु हुन्छन् । जसमा एन्टीमाइक्रोबियल, एन्टीडिप्रेसेन्ट हुन्छ । यसले ब्लड शुगरलाई कम गर्छ र कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ ।
उच्च रक्तचाप रोकथाम र नियन्त्रण गर्ने १० उपायहरु
१. सन्तुलित भोजन
कार्बोहाइड्रेड, प्रोटिन,चिल्लो, भिटामिन तथा खनिज पदार्थ पाईने खानाहरु र प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खानु पर्छ । सागपात खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । मासुमा भन्दा सागपातमा बढी जोड दिनुपर्छ । पोलेको मासु स्वास्थ्यका लागि राम्रो होइन ।
२. चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने
तेलमा डुबाएका वा भुटेका खानेकुराहरु, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चीजजस्ता चिल्लो र बोसोयुक्त पदार्थ कम खानुपर्दछ । यस्तो खानाले उच्च रक्तचाप बढाउन सहयोग गर्छ । सन्तुलित भोजन कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन तथा खनिज पदार्थ पाइने खानाहरु र प्रशस्त मात्रामा सागसब्जी तथा फलफू खानु पर्छ । सागपात खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । मासुमा भन्दा सागपातमा बढी जोड दिनुपर्छ । पोलेको मासु स्वास्थ्यका लागि राम्रो होइन ।
३. दैनिक ५ ग्राम भन्दा कम नुन खाने
एउटा स्वास्थ व्यक्तिले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन । शरीरको लागि अत्यावश्यक लवण तत्व नुन थोरै भए पनि पुग्छ । नुनले रक्तचाप वृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामी, मुटु रोगी एवं मधुमेहका बिरामीहरुले दिनमा ५ ग्राम भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । अत्याधिक नुन हुने खानेकुराहरु पापड,ससेज,सस,सिसीको अचार,दालमोठ,भुजिया तथा बट्टामा बन्द खानेकुराहरु सकेसम्म कम खानुपर्छ । खानामा नुन छर्केर वा थपेर खाने बानी गर्नु हुदैन ।
४. मोटोपन नियन्त्रण
मोटोपन भएका मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुने गरेको पाइएको छ । शरीरको तौल सन्तुलित राख्नु आवश्यक छ । मोटोपन नियन्त्रणका लागि तपाई आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस् र त्यसबाट १०० घटाउनुहोस् । त्यसबाट आएको परिणाम नै तपाइको सहि वजन हुनेछ । यसको १० प्रतिशतसम्म तलमाथि भएसम्म सामान्य मानिन्छ । जस्तो कसैको उचाइ १६० सेन्टिमिटर छ भने उसको वजन ६० केजी हुन्छ उसको १० प्रतिशत अर्थात् ६ केजी तलमाथि (५४केजीदेखि ६६ केजी) भएसम्म पनि सामान्य मान्न सकिन्छ ।
५. तनावबाट मुक्त
तनावले रक्तचाप बढाउँछ । तनाव कम हुने काममा मात्र हात हाल्नुपर्छ । एउटै व्यक्तिले धेरै पद ओगट्दा दबाबमा काम गर्नुपर्छ । त्यसैलदे सकेसम्म धेरै पदमा बस्नु हुँदैन । यसले रक्तताप नियन्त्रण गर्न सघाउँछ ।
६. धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन बन्द
धुम्रपान वा सुर्तिजन्य पदार्थहरुको सेवन गर्ने व्यक्तिमा उच्च रक्तचाप तथा यसका जटिलता हुने सम्भावना अधिक हुन्छ । अतः यस्ता हानिकारक वस्तुहरुको सेवन कदापि गर्नु हुँदैन । यदि उच्च रक्तचाप भएका व्यक्तिहरुमा यस्तो अम्मल छ भने पनि यसलाइ चटक्कै छोड्नु पर्छ ।
७. नियमित व्यायाम
हरेक मानिसले प्रत्येक दिन कम्तीमा आधा घण्टा सक्रिय खालका कुनै न कुनै व्यायाम जस्तैः हिड्ने, दगुर्ने, पौडीखेल्ने, डोरी खेल्ने, साइकल चलाउने, तेबारीमा काम गर्नेजस्ता क्रियाकलाप गर्नुपर्दछट । उच्च रक्ततापबाट बच्नहिँड्नु नै सबैभन्दा राम्रो र सरल व्यायाम हो ।
८. रक्सी लगायतका पेय पदार्थ निषेध
खुसी भए पनि रक्सी खाइहालौं न र दुःखी भए पनि आज त टेन्सन भयो भन्दै रक्सी पिउने चलन समाजमा छ । रक्सी, बियर वा धूम्रपानले उच्च रक्तचाप र क्यान्सरसम्म हुने अवस्था निम्त्याउन सक्छ । त्यसैले उच्च रक्तचापबाट बच्न रक्सी सेवनलाई सदाका लागि निषेध गर्नु पर्छ ।
९. नियमित रक्तचापको जाँच
उमेर बढ्दै गएपछि स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । विशेषगरी ४० वर्ष नाघेपछि हरेक तीनतीन महिनामा नियमित रुपमा रक्तचापको जाँच गराउनु राम्रो मानिन्छ । नियमित रक्तचापको जाँचले व्यक्तिलाई मुटुको रोगलगाएतका रोगको आक्रमणबागट बचाउछ ।
१०. उच्च रक्तचाप भए नियमित औषधि
उच्च रक्तचाप भएका व्यक्तिका लागि औषधिको कुनै विकल्प छैन । त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नछटाइकन औषधि खाने गर्नुपर्छ । औषधि खाएन भने उच्च रक्तचापको नकरात्मक असर पक्षाघात, हृदयाघात, मिर्गौलाले काम नगर्ने, अकस्मात मृत्युसमेत हुन सक्छ । उच्च रक्तचाप भएका व्यक्तिले दैनिक नियमित औषधि खाने, स्वास्थ्यकर्मीसँग नियमित शारीरिक र रक्तचाप जाँच गराउनुपर्छ । यदि उच्च रक्तचाप नियन्त्रणमा छ भने तपाई अन्य व्यक्ति सरह जीवन बिताउन सक्नुहुन्छ ।