संसारमा नै सबैभन्दा बढी खाइने तरकारी भनेको आलु हो । प्राय मानिसलाई मनपर्ने तरकारी पनि आलु हो । आलुलाई हामी दाल , अचार र तरकारी सबैमा प्रयोग गर्न सक्छौं । आलु स्वास्थ्यको हिसाबले पनि निकै लाभदायक मानिन्छ । हामी सधैं आलुको सेवन गर्छौं तर हामीलाई यसले हाम्रो शरीरलाई के फाइदा पुर्याउँछ भन्ने कुरा थाहा हुदैन । डाक्टरहरु पनि हरेक दिन आलु खानु जरुरी हुने बताउछन् ।
आलुले पुर्याउने फाइदा यस्ता छन् :
१. रक्तचाप नियन्त्रण स् आलुमा पाइने पोषक तत्व क्याल्सियम र म्याग्नेसियमले हाम्रो रक्तचापलाई नियन्त्रित रुपमा राख्न मद्धत गर्छ । त्यसैले यदि तपाईलाई रक्तचापको समस्या छ भने हरेक दिन आलुको तरकारी खाने गर्नुहोस ।
२.मुटु स्वास्थ्य स् आलुमा पाइने फाइबरले रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । त्यस्तै यसमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ ।
३. क्यान्सरबाट बचाउँछ स् आलुमा पाइने फोलेटले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ । जसले गर्दा हामीलाई ब्लड क्यान्सर हुने सम्भावना कम हुन्छ । त्यस्तै आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।
४. मस्तिस्कको लागी फाइदाजनक स् मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।